जिल्ला सहकारी संघ लिमिटेड , दोलखाको अध्यक्षमा हेमन्त चौलागाई चयन

निकै लामो रस्साकस्सी पछि अन्तत: जिल्ला सहकारी संघ लिमिटेड , दोलखाको १४औँ वार्षिक साधारणसभा हेमन्त चौलागाईको अध्यक्षतामा सञ्चालक समिति तथा लेखा सुपरीपरीवेक्षण समिति निर्विरोध चयन गर्दै २०७६ पुस १८ गते सकिएको जानकारी प्राप्त भएको छ । ४ वर्षे कार्यकाल रहने गरी चयन भएको सञ्चालक समितिको उपाध्यक्ष , महासचिव र कोषाध्यक्षमा क्रमश: देवीप्रसाद शर्मा , कृष्णप्रसाद दाहाल र सरुणा बस्नेत श्रेष्ठ तथा सदस्यहरुमा मीनकुमार खड्का , रुपा भुजेल , दिलबहादुर के.सी. पुष्पा शेर्पा ,श्रीराज पोखरेल र सुमित्रा फुयाल रहनु भएको छ भने लेखा सुपरीवेक्षण समितिको संयोजकमा रत्नबहादुर श्रेष्ठ र सदस्यहरुमा विकाश चौलागाई र सपना श्रेष्ठ चयन हुनुभएको छ । २०७६ कार्तिक २१ गते सो संघको उक्त साधारणसभा सकिएपनि सञ्चालक समितिको उपाध्यक्ष र १ सदस्य तथा लेखा सुपरीवेक्षण समिति संयोजक पदमा विवाद हुँदा उक्त साधारणसभाको समय २ महिना जति लम्बिएको र अन्तत: सहमती हुँदा सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन भएको चरिकोटबाट प्राप्त समाचारमा जनाइएको छ । नवनिवार्चित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुलाई यही पुस १८ गते सफथ ग्रहण गराइएको थियो । त्यस अवसरमा नेफ्स्कूनका सञ्चालक सदस्य जीवशराज खड्का लगायतको उपस्थिति रहेको थियो ।