शुभश्री साकोस , शंखधरचोकको १२औं वार्षिक साधारण सभा सम्पन्न

0 Shares

भक्तपुरको मध्यपुर थिमि नगरपालिका -४ , शंखधरचोकमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को १२औँ वार्षिक साधारणसभा भक्तपुर जिल्ला क्षेत्र नंं. २ ‘ख’ का प्रदेश नं.३ का प्रदेश सभा सदस्य डा.राजेन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यता र सो संस्थाका उपाध्यक्ष श्यामसुन्दर कायष्ठको अध्यक्षतामा २०७६ पौष १२ गते शनिवार थिमि बैक्वेट, चारदोबाटो, मध्यपुर थिमि–३ ,भक्तपुरमा भव्यताका साथ सम्पन्न भयो । प्रमुख अथिति डा.श्रेष्ठबाट पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको सो सभामा सोही संस्थाका सञ्चालक सदस्य तुल्सीमान श्रेष्ठले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो । सभाका सभापति तथा संस्थाका उपाध्यक्ष श्याम सुन्दर कायष्ठले “आर्थिक तथा सामाजिक विकासका लागि बचत गरौ” भन्ने मूल नाराका साथ रु. १ लाख ७२ हजार शेयर पूँजीबाट २०६४ साल कार्तिक २१ गते तत्कालीन डिभिजन सहकारी कार्यालय , भक्तपुरमा दर्ता भई सञ्चालन सुरु भएको हाम्रो यस संस्थामा आर्थिक वर्ष २०७५/०७६ को अन्तसम्ममा २,५६० शेयर सदस्यहरुबाट रु.४,४३,०१,५०० शेयरपूँजी बनाउन सफल भएको बताउनु हुँदै यस संस्थाले आ. व. २०७५/७६ मा गरेका कार्य प्रगति तथा आ.व. २०७६/०७७ का लागि संस्थाको योजना प्रस्तुन गर्नु भयो । उक्त साधारण सभामा संस्थाका कोषाध्यक्ष तथा प्रबन्ध संचालक रत्नमान श्रेष्ठले आर्थिक वर्ष २०७५/०७६ को अनुमानित र वास्तविक आय—व्यय (सञ्चालन नतिजा) तथा आ. व. २०७६/०७७ को अनुमानित आय—व्यय (सञ्चालन नतिजा) प्रस्तुत गर्नुहुदै आ.व.२०७५/०७६मा अघिल्लो वर्षको भन्दा ३२.६६ % बृद्धि गरी रु. १,१८,५१,२७५/४७ खुद मुनाफा गर्न सफल भएको र आ.व. २०७६/०७७ मा ३५.९६% ले बृद्धि गरी रु.१,६५,२०,९७५ खुद बचत गर्ने लक्ष्य प्रस्तुत गर्नु भयो । उहाँले सो कार्यका लागि सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र अन्य उप–समितिहरु, कर्मचारी बर्ग तथा शेयर सदश्यहरुको साथ र सहयोगको अपेक्षा गर्दै शुभेच्छुक महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्नु भयो । उक्त संस्थाका सचिब काशीभक्त कायष्ठले सञ्चालन गर्नु भएको सो सभामा शेयर सदस्यका छोराछोरीहरुमध्येबाट एस.ई.ई. परीक्षामा सर्वोकृष्ट नतिजा ल्याउन सफल छात्र तर्फ अनुज श्रेष्ठ र छात्रा तर्फ जिनी श्रेष्ठ, जेष्ठ पुरुष सदस्य गौरीनारायण श्रेष्ठ र जेष्ठ महिला सदस्य श्रीमती त्रिपुरा सुन्दरी था श्रेष्ठ , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा पदक विजेता मन्डेकाजी श्रेष्ठ र शिरिष श्रेष्ठ, बाल बचत तर्फ अमन श्रेष्ठ, संस्थालाई बिशिष्ट सहयोग गर्नु हुने शेयर सदस्यद्वय श्रीमती लक्ष्मीशोभा शाक्य श्रेष्ठ र श्रीमती पुजा साहानी र संस्थाद्वारा आयोजित नि:शुल्क स्वास्थ्य जाँच तथा नि:शुल्क दन्त परीक्षण शिविरमा सहयोग गनुहुने शंखधर फार्मेसीका प्रोप्राईटर प्रबेश पिला श्रेष्ठ, डेण्टो केयर नेपालका डा. आशिष श्रेष्ठ र डा. बिपिन ख्याजु , नि:शुल्क दन्त परीक्षण शिविरमा सहयोग पु-याउनु हुने कोल्गेट पाल्मोलिभ इण्डिया लि.लाई पनि कदर-पत्रका साथ विशेष सम्मान गरिएको थियो । उक्त कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य जनक खत्री , जिल्ला सहकारी संघ लिमिटेड , भक्तपुरका लेखा सुपरीवेक्षण समिति सदस्य श्रीमती सुलोचना दुवाल, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोबिन्द लाखाजु, बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.शंखधरचोकका अध्यक्ष तुईलाल श्रेष्ठ तथा शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.का शेयर सदस्यहरु मध्यबाट अमिता कायष्ठले संस्थाले गरेका बिविध कार्यहरु तथा सहकारीको महत्वका विषयमा चर्चा गर्नु भएको थियो । उक्त सभामा लेखा सुपरिवेक्षण समितिका सदस्य गोपाल न्हा श्रेष्ठबाट आन्तरिक लेखा सुपरीवेक्षण प्रतिबेदन प्रस्तुत गर्नुका साथैै सञ्चालक सदस्य रत्नसुन्दर कायष्ठले उक्त साधारणसभा सफल गर्न उपस्थित हुनु हुने माहानुभावहरुमा धन्यवाद ज्ञापन गर्नु भयो ।

Leave a Reply