पुस २३ गते विहान १० बजे सहकारी एकीकरणबारे ललितपुर महानगरपालिका र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले संयुक्त रुपमा अन्तर्क्रिया कार्यक्रम गर्दै

ललितपुर महानगरपालिका र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको संयुक्त आयोजनामा २०७६ पुस २३ गते बुधबार विहान १० बजे डिलाइट पार्टी प्यालेस , महालक्ष्मीस्थान , ललितपुरमा ‘सहकारी एकीकरण’विषयमा अन्तर्क्रिया कार्यक्रम हुन लागेको ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका व्यवस्थापक सन्तोष बजगाईले सहकारी सञ्जाललाई बताउनुभयो । सो अन्तर्क्रिया कार्यक्रममा सहकारी विभागका उप-रजिष्टार शशिकुमार लम्सालले कार्यपत्र पेश गर्ने र त्यस कार्यपत्र उपर उठेका प्रश्न र जिज्ञाशाको सहकारी विभागका रजिष्टार डा.टोकराज पाण्डेले जवाफ दिने तथा उक्त कार्यक्रमका बारेमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष रामहरि बजगाईका साथै ललितपुर महानगरपालिकाका प्रतिनिधिले मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको उहाँको भनाई छ ।