आर्थिक वर्ष २०७६/०७७ मा कूल पूँजी रु.१५ करोड नघाउने बेथेल साकोस , बागडोल , ललितपुरले लियो लक्ष्य

0 Shares

ललितपुरको बागडोलमा रहेको बेथेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अघिल्लो महिना सम्पन्न गरेको आफ्नो ८औँ वार्षिक साधारणसभाले पारित गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको जनाएको छ । सो संस्थाका प्रमुख कार्यकारी अधिकृत होम खत्रीले सहकारी सञ्जालसँग कुरा गर्दै हाम्रो यस बेथेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ मा कूल सम्पति तथा दायित्व र.१५ करोड नघाउने लक्ष्यका साथ कार्य गरिरहेको बताउनुभयो । सहकारी मर्जरबारे सहकारी सञ्जालले राखेको जिज्ञाशाको जवाफ दिदै उहाँले सहकारी मर्जर स्वागत योग्य छ तर आफ्नो पहिचान र अस्तित्व गुमाएर मर्जर हुनुहुदैन भन्ने पक्षमा हामीहरु छौँ भन्नभयो । क्षमता भएका सहकारी संस्थाले कार्यक्षेत्र विस्तार गरी कार्य गर्न खोज्दा पनि सरकारले नदिदा संकुचित हुनु परिरहेको छ भन्दै उहाँले क्षमता भएका सहकारी संस्थाले कार्यक्षेत्र विस्तार गरी कार्य गर्न चाहेमा सरकारले उपयुक्त वातावरण बनाई दिनु पर्ने बताउनुभयो । सरकारले उचित वातावरण निर्माण गरी दिए हाम्रो यस बेथेल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बचत तथा ऋण कारोवारका साथै आफ्नो क्षमता अनुसार उत्पादनमूलक कार्य गर्न तयार रहेको उहाँको भनाई छ ।
उक्त संस्थाको ८औँ वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष वी.एन. पण्डितको अध्यक्षतामा २०७६ मंसीर २२ गते बेखाज पार्टी प्यालेस , बागडोर , ललितपुरमा सम्पन्न भएको थियो । त्यस अवसरमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामहरि बजगाईले यस बेथेल साकोसको सबै सूचाङ्क हेर्दा यो संस्था राम्रोसँग सञ्चालन भइरहेको देखिएको भन्दै प्रशन्नता व्यक्त गर्नुभएको थियो । उहाँले सहकारीको मूल्य र मान्यतालाई आत्मसाथ गरी राम्रोसँग सञ्चालन हुने सहकारी संस्थालाई राष्ट्रिय सहकारी बैंक लिमिटेड तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले सहयोग गर्ने छ भन्नु भएको थियो । त्यस अवसरमा उक्त सभाका अध्यक्ष पण्डितले सोही संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै हाम्रो यस बेथेल बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना भएदेखि यस बेलासम्म निरन्तर प्रगतिपथमा रहेको बताउनुभयो । उहाँले यस संस्थाले आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको छ भन्नु भएको थियो ।
त्यसै संस्थाका उपाध्यक्ष श्रीमती विद्या घलेले स्वागत मन्तव्य , सचिव सुरेन्द्र श्रेष्ठले सञ्चालन र सञ्चालक सदस्य राजु लामाले धन्यवाद ज्ञापन गर्नु भएको उक्त सभामा सोही संस्थाकी कोषाध्यक्ष सुश्री बिन्दी रजकले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सन्तोष थापाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । सो साधारणसभाले पारित गरेको प्रतिवेदनहरुमा आर्थिक वर्ष २०७५/०७६ मा शेयर सदस्य संख्या १,५०० ,शेयर पूँजी रु.१ करोड ५२ लाख , निक्षेप संकलन रु.११ करोड ,ऋण लगानी रु.११ करोडभन्दा माथि र सम्पति तथा दायित्व रु.१३ करोड ६१ लाखभन्दा माथि रहेको उल्लेख छ।

त्यस सभामा सोही संस्थामा उत्कृष्ठ कारोवार गर्ने त्यसै संस्थाका २५ जना शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply