परिक्रमा साकोसको कार्यालय स-यो

0 Shares

परिक्रमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यलय काठमाडौं महानगरपालिका वडा नं. ८ , नवाली टोल सिफलबाट सोही महानगरपालिकाको वडा नं. ७ , सिफल चौरमा यही पुस २० गते सरेको उक्त संस्थाका अध्यक्ष विनोद राईले सहकारी सञ्जाललाई बताउनुभयो । उहाँले हाम्रो यस संस्थाले आफ्नो कार्यक्षेत्र विस्तार र उद्देश्य मिल्ने सहकारी संस्थासँग एकीकरणका लागि पहल गरिरहेको बताउनुभयो ।
सो संस्थाको २०७६ पुस ५ गते छैटौँ वार्षिक साधारणसभा नमुना बैङ्क्वेट , मित्रपार्क , काठमाडौंमा राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक सदस्य तथा जिल्ला सहकारी संघ लिमिटेड , काठमाडौंका तत्कालीन उपाध्यक्ष ज्ञानबहादुर तामाङको प्रमुख आतिथ्यता तथा सोही संस्थाका अध्यक्ष विनोद राईको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यस अवसरमा प्रमुख अतिथि तामाङले यस परिक्रमा साकोसको सूचाङ्कहरुले यो संस्था राम्रोसँग सञ्चालन भईरहेको देखिएकोले यसका शेयर सदस्यहरुले निर्धक्क भएर यो संस्थामा कारोवार गर्न आग्रह गर्नु भएको थियो ‌। उहाँले सहकारीको मूल्य र मान्यता अनुसार सञ्चालन भई आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने सहकारी संस्थालाई राष्ट्रिय सहकारी बैंक लिमिटेड तथा जिल्ला सहकारी संघ लिमिटेड , काठमाडौंले सहयोग गर्ने बताउनु भएको थियो ‌। त्यस अवसरमा कास्कूनका उपाध्यक्ष नवराज अर्याल लगायतले उक्त संस्थाको उत्तरोतर प्रगतिको कामना व्यक्त गर्नु भएको थियो । तयसै अवसरमा सो सभाका अध्यक्ष विनोद राईले उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै हाम्रो यस परिक्रमा बचत तथा ऋण सहकारी संस्था लिमिटेड बचत तथा ऋण कारोवार सँगै आफ्ना शेयर सदस्यहरुको आर्थिक , सामाजिक तथा सांस्कृतिक रुपमा जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै निरन्तर रुपमा प्रगतिपथमा अगाडि बढिरहेको छ भन्नुभयो ।
सोही संस्थाका सचिव मोहनराज राईले स्वागत मन्तव्य र कानुनी सल्लाहकार अधिवक्ता सीताराम राउतले सञ्चालन गर्नु भएको सो सभामा उक्त संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक प्रेमसिंह श्रेष्ठले आर्थिक तथा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । उक्त साधारणसभाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थामा शेयर पूँजी रु.१.०३.००,३०० , निक्षेप संकलन रु.६,६९,५२,००० ,कर्जा लगानी रु.५.५३,००,००० र कूल कारोवार रु.९,५०,००,००० रहेको उल्लेख गरिएको छ ।
उक्त अवसरमा त्यसै संस्थाका जेष्ठ सदस्यद्वय तिलकबहादुर गुरुङ र सीता अधिकारी , उत्कृष्ट बचतकर्ता सदस्यद्वय राजकुमार श्रेष्ठ र अनुपचन्द्र जोशी , उत्कृष्ट ऋणी सदस्यद्वय ध्रुवदास मान्धर र राजु गुरुङ तथा उत्कृष्ठ कर्मचारीद्वय पुजा लामा र सीमा कार्कीलाई सम्मान गरिएको थियो ।

Leave a Reply