शंखधर साकोसको आयोजनामा प्रोबेशन बागमती क्लष्टर चौथोको पहिलो “कार्यकुशलता तथा सिकाई ब्यबस्थापन कार्यशाला“ सम्पन्न

0 Shares

प्रोबेशन बागमती क्लष्टर चौथोको पहिलो “कार्यकुशलता तथा सिकाई ब्यबस्थापन कार्यशाला“ PALM Workshop मध्यपुर थिमिमा २०७६ पुष १२ गते शनिबार सम्पन्न भयो । उक्त कार्यक्रमको आयोजना मध्यपुर थिमि नगरपालिका- ४ , शंखधर चोकमा रहेको शंखधर साकोसबाट गरिएको थियो ।

कार्यक्रम सञ्चालन आयोजक शंखधर साकोसका सचिव लक्ष्मीभक्त (राजु) श्रेष्ठले र अध्यक्षता सोही साकोसका अध्यक्ष रामसुन्दर श्रेष्ठले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनका नवनिर्वाचित अध्यक्ष परितोष पौड्याल तथा अतिथिहरु नेफ्स्कूनका सञ्चालक जनक खात्री, मन्दरा मिश्र, रीना आचार्य, प्रदेश नं. ३ बचत तथा ऋण सहकारी संघ लि.का सदस्य ठाकुर बास्कोटा, कास्कूनका संचालक लेमन श्रेष्ठ, नेफ्स्कूनका प्रोबेशन अफिसर सन्दिपराज ढकाल, कार्यक्रम अधिकृत मुकेश दाहाल रहनु भएको थियो ।
नेफ्स्कुनका अध्यक्ष पौड्यालले आजका आवश्यकता प्रविधिबाट सहकारी सञ्चालन गर्ने हो भन्दै अस्ट्रेलियाको सहकारीको दैनिक कारोबारको छोटो मिठो विचार बाढ्नु भयो । त्यस्तैगरी अतिथि मन्दरा मिश्रले प्रोवेसनमा संलग्न रहेर कार्य गर्न लाग्नुभएका सम्पुर्ण सहकारीकर्मीहरुलाई शुभकामना दिनुभयो ।
कार्यक्रम अधिकृत मुकेश दाहालले ऋण सम्बन्धी प्रस्तुती गर्नु भयो भने प्रोवेशन अफिसर सन्दिपराज ढकालले पल्र्स सम्बन्धी प्रस्तुती गर्नु भएको थियो ।
उक्त प्रोबेशन कार्यक्रममा काठमाण्डौ, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाका शंखधर साकोस, मंगल विनायक साकोस, बनेपा साकोस, संकल्प स्वेक साकोस, श्री युवा साकोस, महिला अभियान साकोस, बंगलामुखी साकोस, आयाम साकोस, छिन्नमस्ता साकोस र खुल्ला बजार साकोस गरी १० वटा साकोसहरुका सञ्चालक मध्येबाट १ जना र व्यवस्थापक १ जना गरी प्रति सहकारी दुई जनाको सहभागिता थियो । कार्यक्रममा सबै साकोसका ब्यबस्थापकहरुले पालैपालो आ–आफ्नो प्रोवेसन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
३०७६ पुस १२ गते सम्पन्न उक्त सिकाइमा सम्पूर्ण व्यवस्थापन गरेकोमा शंखधर साकोस, मध्यपुर थिमिलाई धन्यवाद दिदै अर्काे सिकाई आयाम साकोस थानकोटमा २०७६ चैत्र ७ गते शुक्रवार हुने योजना रहेको बताइयो ।

Leave a Reply