बिञ्जु खड्गीको अध्यक्षतामा सञ्चालक समिति चयन गर्दै कुम्भेश्वर महिला साकोसको ९औँ वार्षिक साधारणसभा सम्पन्न

0 Shares


ललितपुर महानगरपालिका -११ ,कुम्भेश्वरमा सञ्चालन भइरहेको कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९औँ वार्षिक साधारणसभा सोही संस्थाकी अध्यक्ष बिञ्जु खड्गीको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक सदस्य एवं ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष रामहरि बजगाईको प्रमुख आतिथ्यतामा २०७६ पुस १८ गते ज्यापु प्रज्ञा भवन , भोलढोका , ललितपुरमा सम्पन्न भयो ।

सो साधारणसभाले पुन: बिञ्जु खड्गीको अध्यक्षतामा उक्त संस्थाको सञ्चालक समिति निर्विरोध चयन गरेको छ । ४ वर्षे कार्यकाल रहने उक्त सञ्चालक समितिको सचिव र कोषाध्यक्ष क्रमश: सफलता खड्गी र शान्त लक्ष्मी खड्गी तथा सदस्यहरुमा रजनी खड्गी , जरीना खड्गी ,शर्मीला खड्गी र रंगीता शाही हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समितिको संयोजकमा गायत्री शाही तथा सदस्यहरुमा ग्रीष्मा शाही र लीजा लामा चयन हुनुभएको छ ।
उक्त साधारणसभाको एक समारोहका वीच उद्घाटन गर्दै प्रमुख अतिथि बजगाईले यस कुम्भेश्वर महिला साकोसको सबै सूचाङ्क हेर्दा यो संस्था सहकारीको सिद्धान्त अनुरुप राम्रोसँग सञ्चालन भइरहेको देखिएको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो ।

उहाँले सरकारले एउटा स्थानीय तहमा एक व्यक्ति-एक सहकारी भन्ने नीति अगाडि बढाइरहेको सन्दर्भमा यस संस्थाका सदस्यहरु अन्य सहकारी संस्थाको पनि सदस्य भएमा अन्य सहकारी संस्थाको सदस्यता त्यागेर कुम्भेश्वर महिला साकोसको सदस्य बनी यसै संस्थामा आफ्नो सम्पूर्ण कारोवार गर्न आग्रह गर्नुभयो । सबै सूचाङ्क राम्रो भएका ललितपुर जिल्लाका साकोसहरुलाई ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. र राष्ट्रिय सहकारी बैंक लि.ले सहयोग गर्ने उहाँको भनाई थियो । सो अवसरमा राष्ट्रिय सहकारी बैंक लिमिटेड , शाखा कार्यालय , लगनखेल , ललितपुरकी प्रमुख रमा घिमिरे

, यल अन्तर सहकारी समन्वय समितिका अध्यक्ष तथा माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि. , कुम्भेश्वर , ललितपुरका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जन

लगायतले सो संस्थाले गरिरहेको प्रगतिप्रति खुशी व्यक्त गर्दै उक्त संस्थाको उत्तरोतर प्रगतिको कामना व्यक्त गर्नुभयो । त्यस अवसरमा उक्त सभाकी अध्यक्ष बिञ्जु खड्गीले

सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै यस कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०६१ सालमा महिला समूहबाट शुरुवात भएको र प्रति महिना रु.२०० का दरले बचत संकलन गरी हाल ९ करोडसम्म वासालात तयार गर्न सक्षम भएका छौँ भन्नुभयो । समुदायमा रहेका महिलाहरुको आर्थिक विकासको उद्देश्यले महिला सशक्तिकरण आजको आवश्यकता भन्ने नाराका साथ २०६७ सालमा विधिवत रुपमा सहकारीको दर्ता भई सञ्चालन शुरु भएको हाम्रो यस कुम्भेश्वर बचत तथा ऋण सहकारी संस्था लि. निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको र यसले बचत तथा ऋण कारोवार सँगै विभिन्न किसिमका सीपमूलक तालिम , जीवनपर्यन्त शिक्षाका कार्यक्रम र जनचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । यस संस्थाले कुम्भेश्वर Mobile banking सेवा पु-याउदै आइरहेको र आफ्नो Mobile मा Apps डाउनलोड गरी घरमा बसी विद्युत महशुल , टेलिफोन , A.D.S.L. , मोवाइल रिचार्ज सेवा , डिस होम र Domestic plane Ticket समेत संस्थाको यस मोवाइल बैंकिङ्ग प्रयोग गरी आफ्नो खाताबाट बिल भुक्तानी गर्न सकिने उहाँको भनाई थियो ।
उक्त संस्थाकी सचिव सफलता खड्गीले वार्षिक प्रगति प्रतिवेदन , कोषाध्यक्ष शान्त लक्ष्मी खड्गीले

स्वागत मन्तव्य व्यक्त गर्नुका साथै आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक रंगीता शाहीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो ।
शेयर सदस्यहरु वीच छलफल पछि सोही साधारणसभाबाट पारित गरिएको प्रतिवेदनहरुमा आर्थिक वर्ष २०७५/०७६ मा त्यस संस्थामा शेयर सदस्य संख्या ५१९ , शेयर पूँजी रु.६९,२७,८०० , निक्षेप संकलन रु.७,०३,९०,००४/४२ , ऋण लगानी रु.८,१२,६८,११७/८७ रहेको र आर्थिक वर्ष २०७६/०७७ मा शेयर संख्या ८०० , शेयर पूँजी रु.१,००,००,००० , निक्षेप संकलन रु.९,००,००,००० र ऋण लगानी रु.११,००,००,००० पु-याउने लक्ष्य रहेको उल्लेख छ ।
त्यस सभामा सोही संस्थाकी उत्कृष्ट बचतकर्ता सदस्य देव लक्ष्मी खड्गी र उत्कृष्ट ऋणी सदस्य हीरा लक्ष्मी खड्गीलाई सम्मान गरियो भने त्यसै संस्थाकी नि:बर्तमान सञ्चालक सदस्य नानीछोरी खड्गीलाई सम्मान सहित बिदाई गरिएको थियो । त्यस सभाकी अध्यक्ष खड्गीले प्रमुख अतिथि बजगाईलाई

मायाको चिनो प्रदान गर्नु भएको थियो ।

Leave a Reply