राष्ट्रिय सहकारी महासंघ लि. को २७औँ वार्षिक साधारणसभा आजबाट हुँदै , मीनराज कँडेल अध्यक्ष बन्ने निश्चित

0 Shares

राष्ट्रिय सहकारी महासंघ लिमिटेडको २७औँ वार्षिक साधारणसभा अहिले केही बेरमा शुरु हुँदैछ । नयाँ नेतृत्व चयन गर्दै भोलि सकिने सो साधारणसभाको केहीबेर पछि भूमि व्यवस्थ , सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा आर्यालले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सो साधारणसभाबाट वर्तमान अध्यक्ष केशवप्रसाद बडालले नेतृत्व हस्तान्तरण गर्न लाग्नु भएसँगै वर्तमान वरिष्ठ उपाध्यक्ष मीनराज कँडेल राष्ट्रिय सहकारी महासंघ लि.को अध्यक्ष बन्ने निश्चित जस्तै बनेको छ भने वलियो प्रतिस्पर्धी नहुँदा हालकी उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघकी ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल वरिष्ठ उपाध्यक्ष बन्ने पनि निश्चित जस्तै नै देखिएको छ ।

उक्त महासंघको सञ्चालक समितिको १८६औँ वैठकले आजबाट सो महासंघको कार्यालय पूल्चोक, ललितपुरमा हुने सोही साधारण सभाबाट सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचनका सम्पन्न गर्न निर्वाचन निर्देशिका, २०७६ स्वीकृत गर्दै २६५ जना राष्ट्रिय प्रतिनिधिहरूको अन्तिम नामावली कायम गरी निर्वाचन समितिलाई उपलव्ध गराउने निर्णय भएको तथा समीक्षा गर्ने क्रममा त्यस महासंघको वर्तमान सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको कार्यकाल सफल भएको निश्कर्ष निकाल्दे कार्यकाल सफल बनाउन सहयोग गर्ने सो महासंघका पदाधिकारी सञ्चालक सदस्यहरु , लेखा सुपरीवेक्षण समिति संयोजक तथा सदस्यहरु , व्यवस्थापन पक्ष , नेपाल सरकार तथा सहयोगी संघ/संस्थाहरुलाई धन्यवाद दिएको सो महासंघ स्तोतको भनाई छ ।
उक्त महासंघको ३ पदाधिकारीहरु मध्ये अध्यक्ष र उपाध्यक्ष पद खुल्ला रहने छ भने वरिष्ठ उपाध्यक्ष पद महिलाका लागि निश्चित गरिएको बताइएको छ । खुल्ला २ सहित गण्डकी र कर्णाली प्रदेशबाट सञ्लालक सदस्यमा १/१ जना महिलाको प्रतिनिधित्व हुने व्यवस्था गर्नुका साथै लेखा सुपरीवेक्षण समितिमा १ जना महिला रहने व्यवस्था भएको छ । यसबाट
२२ सदस्यीय सञ्चालक समितिमा ५ जना र ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिमा १जना गरी कम्तीमा ६ जना महिलाको सो महासंघमा प्रतिनिधित्व हुनै पर्ने व्यवस्था गरिएको सो महासंघको उक्त बैठकबाट पारित भएको निर्वाचन निर्देशिकामा उल्लेख गरिएको जानकारी सोही महासंघबाट प्राप्त भएको छ ।
उक्त महासंघको सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति सहमतीका आधारमा निर्विरोध चयन हुने देखिएको छ ।

Leave a Reply