मीनराज कँडेलको अध्यक्षतामा नेतृत्व चयन गर्दै राष्ट्रिय सहकारी महासंघ लि.को २७औँ वार्षिक साधारणसभा सम्पन्न
२०७६ पुस २४ गतेबाट शुरु भएको राष्ट्रिय सहकारी महासंघ लि. को २७औँ वार्षिक साधारणसभा हिजो साँझ मीनराज कँडेलको अध्यक्षतामा सञ्चालक समिति चयन गर्दै सम्पन्न भएको छ ।

४ वर्षे कार्यकाल रहने सो सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा ओमदेवी मल्ल , उपाध्यक्षमा रमेशप्रसाद पोखरेल तथा सञ्चालक सदस्यहरुमा प्रदेश नं.१ बाट गणेश ढकाल , प्रदेश नं.२ बाट रामबाबु यादव , प्रदेश नं.३ बाट डी.बी. बस्नेत प्रदेश नं. ४ बाट हुमाकुमारी जी.सी. (अञ्जु) , प्रदेश नं.५ बाट रामकृष्ण खाँड ,प्रदेश नं.६ बाट टिका बुढाथाेकी र प्रदेश नं.७ बाट तारा लामा तामाङ , विषयगत संघहरुको तर्फबाट के.बी. (कृष्णबहादुर) उप्रेती , सागर ढकाल र ,नारायणप्रसाद देबकाेटा , खुल्ला महिलाको तर्फबाट अमृता सुब्बा र पदमा गुरूङ , खुल्ला सञ्चालकमा टेकप्रसाद चौलागाई , खेमबहादुर पाठक ,भीमप्रसाद तुलाचन , ,राजेन्द्र पाैड्याल , लक्ष्मीप्रसाद शर्मा ,शिवकुमार डाँगी र लक्ष्मण यादव हुनुहुन्छ । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयाेजकमा धर्मदत्त देवकाेटा तथा सदस्यहरुमा सोमबहादुर श्रेष्ठ र बालकुमारी (विमला) श्रेष्ठ र चयन हुनु भएको छ ।


महासंघको २२ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति मध्ये उपाध्यक्ष , महिला ,प्रदेश नं.२ र सुदूर पश्चिमको तर्फबाट सञ्चालक सदस्य तथा लेखा सुपरीवेक्षण समितिको खुला सदस्यमा हिजो निर्वाचन भएको थियो भने बाँकी पदमा निर्विरोध भएको थियो । उपाध्यक्ष पदमा प्रत्यासी रमेशकुमार पोखरेलले १४३ मत र डिल्लीराम तिवारीले १०६ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै प्रदेश नं.२ तर्फको सञ्चालक सदस्यका प्रत्यशी सञ्जयकुमार शाहले ७२ मत र रामबाबु यादबले १६० मत , सुदूर पश्चिम प्रदेशको तर्फबाट सञ्चालक सदस्यमा प्रत्याशी अमरबहादुर खड्काले ७३ मत र तारा लामा तामाङले १२९ मत , महिला खुल्ला सदस्यका प्रत्यशी अमृता सुब्बा १४२ मत , पार्वती गाँड ४२ मत , इन्दिरा पन्त १०६ मत र पद्मा गुरुङले १२८ मत र लेखा सुपरीवेक्षण समितिको खुल्ला सदस्य पदमा खगेन्द्रराज भण्डारी ६१ मत , सोमबहादुर श्रेष्ठ १४४ मत र श्रीप्रसाद हुमागाई १४ मत प्राप्त गर्नु भएको थियो ।

यी पदहरुमध्ये नेपाली काँग्रेसले उपाध्यक्ष सहित ५ सञ्चालक र लेखा सुपरीवेक्षण समितिको महिला सदस्य र बाँकी पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लिने गरी दुई दलमा सहमती भएको बताइएको थियो तर परिणाम त्यस्तो देखिएन । उपाध्यक्ष पदमा ती दल सहकारीकर्मीहरुकोआधिकारिक उम्मेद्वार डिल्लीराम तिवारीलाई राष्ट्रिय सहकारी बैंक लि. पूर्व अध्यक्ष समेत रहेका बागी उम्मेद्वार रमेशप्रसाद पोखरेलले पराजित गरी दिनुभयो ।

राष्ट्रिय सहकारी महासंघ लि.को सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई उक्त महासँघका नि:बर्तमान अध्यक्ष केशवप्रसाद बडालले बधाई तथा कार्यकाल सफलता शुभकामना दिनु भयो ।
