बाराही बहुउद्देश्यीय सहकारी संस्था लि.को १८औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाको अध्यक्षमा पुन: जीवनकुमार राई चयन

0 Shares


काठमाडौं महानगरपालिका -३१ , नयाँ बानेश्वरमा मुख्य कार्यालय र ललितपुर महानगरपालिका -१५ , सातदोबाटोमा सुविधा काउण्टर सञ्चालन गरिरहेको बाराही बहुउद्देश्यीय सहकारी संस्था लि.को २०७६ पुस २५ गते क्वालिटी बैङ्क्वेट , बुद्धनगर , काठमाडौंमा सोही संस्थाका अध्यक्ष जीवनकुमार राईको अध्यक्षतामा १८औँ वार्षिक साधारणसभा सम्पन्न भयो । उक्त संस्थाकी जेष्ठ शेयर सदस्य कुसुमदेवी चालिसेले एक समारोहका वीच सो साधारणसभाको उद्घाटन गर्नुभयो । त्यस अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी बैंक लि. , शाखा कार्यालय , नयाँ बानेश्वर , काठमाडौंका प्रवन्धक विष्णु गिरी लगायतका वक्ताहरुले सो संस्थाले गरिरहेको उत्पादनमूलक कार्य र प्रगतिप्रति खुशी व्यक्त गर्दै उत्तरोतर प्रगतिको कामना व्यक्त गर्नुभयो ।

शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था लि., सातदोबाटो , ललितपुरका अध्यक्ष तीखवीर राई , गुडविल बचत तथा ऋण सहकारी संस्था लि. , चावहिल , काठमाडौंका अध्यक्ष निरबहादुर सुनुवार र नेपाल टेलिभीजनक वरिष्ठ सम्पादक पुष्पक्याम्पा राई अतिथि रहनु भएको त्यस साधारणसभामा सोही सभाका अध्यक्ष जीवनकुमार राईले


सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै यस बाराही बहुउद्देश्यीय सहकारी संस्था लि. को हाम्रो व्यवस्थापन टिमले सञ्चालन गरेको १० वर्षको अवधिमा यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढ्नुका साथै ललितपुरको सातदोबाटो र भेल्पा शिवनगरमा मासुजन्य बस्तुको होलसेल तथा खुद्रा पसल सहितको बाराही मिट सप सेन्टर परियोजना सञ्चालन गरिरहेको र यसको अवस्था राम्रो रहेको बताउनुभयो । सोही संस्थाका सचिव रुद्रबहादुर राईले स्वागत मन्तव्य , सञ्चालक सदस्य उत्तर राईले सञ्चालन र महाप्रवन्धक आरती गुरुङले
संयोजनन गर्नु भएको त्यस सभामा कोषाध्यक्ष पञ्च पाण्डव गुरुङले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक देवानसिंह राईले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन गर्नु भएको थियो ।
ती प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा त्यस संस्थामा ७०३ जना पुरुष र ५२० जना महिला गरी शेयर सदस्य संख्या १,२२३ , शेयर पूँजी रु.२,६३,९४,७०० , बचत संकलन रु.२०,२७,४३,८९,९१० , कर्जा लगानी तथा सापटी रु.१३,३४,३६,१९३/ र खुद नाफा रु.१२,२९,,४०,६३४ रहेको उल्लेख छ ।
सो साधारणसभाले सर्वसम्ममत रुपमा ४ वर्ष कार्यकाल रहने गरी पुन: जीवनकुमार राईको अध्यक्षतामा उक्त संस्थाको सञ्चालक समिति चयन गरेको छ । समितिको सचिवमा रुद्रबहादुर राई ,कोषाध्यक्षमा शंकरकुमार राई र सदसायहरुमा सुमनकुमार मिश्र , विनोद राई , सरिता राई र धनकुमार राई रहनु भएको छ भने लेखा सुपरीवेक्षण समितिको संयोजकमा नरेन्द्रकुमार लामा तथा सदस्यहरुमा भैरवकुमार राई र सुवर्णगोपाल श्रेष्ठ चयन हुनुभयो ।
त्यस सभामा उक्त संस्थाका जेष्ठ सदस्य काठमाडौंको मीनभवन निवासी कर्णबहादुर कार्कीलाई दोसल्ला ओडाएर प्रमाण-पत्र सहित नगद पुरस्कार प्रदान गरियो भने त्यसै संस्थाको कर्जा संकलनमा उत्कृष्ट मध्ये प्रथम हुने भुवनसिंह राई , दोस्रो हुने रमेश मगर र तेस्रो हुने गहमाया राईलाई प्रशंसा-पत्र सहित नगद पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी सो संस्थाका अध्यक्ष जीवनकुमार राई , सचिव रुद्रबहादुर राई , कोषाध्यक्ष पञ्चपाण्डव गुरुङ , सञ्चालक सदस्यहरु विनोद रिई ,श्यामकुमार राई , बलराम गुरुङ र सुमित्रा शाक्य तथा लेखा सुपरीवेक्षण समिति संयोजक देवानसिंह राई , सदस्यद्वय धनकुमार राई र भैरव राईलाई कदर-पत्र प्रदान गरिएको थियो ।

Leave a Reply