अर्थ बहुउद्देश्यीय सहकारी संस्था लि. , लगनखेलको १०औँ वार्षिक साधारणसभा सम्पन्न

0 Shares


ललितपुर महानगरपालिका -१२ , लगनखेलमा रहेको अर्थ बहुउद्देश्यीय सहकारी संस्था लि.को १०औँ वार्षिक साधारणसभा सो संस्थाका अध्यक्ष अरविन्द चन्द्र अमात्यको
अध्यक्षता र सहकारी विभागका उप-रजिष्टार शशिकुमार लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । त्यस साधारणसभाको एक समारोहका वीच उद्घाटन गर्दै प्रमुख अतिथि लम्सालले सहकारी विभागले सहकारी संघ/संस्थाहरुलाई ऐन / नियमको पालना गराई सम्पति शुद्धिकरण , सन्दर्भ व्याजदर र सहकारी एकीकरणको नीतिलाई कार्यान्वयन गराई मर्यादित र व्यवस्थित सहकारी बनाउन लागिरहेकोले यसलिई सहकारी क्षेत्रले सहयोग गर्नु पर्ने बताउदै मन मिल्ने सहकारी संस्थाहरु वीच एकीकरणका लागि कोसिस गर्नुस् र बचत तथा ऋण कारोवार सँगै परियोजना सञ्चालन गर्ने योजना बनाएर अगाडि बढ्नुस् भन्नुभयो ।
त्यसैगरी नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. का सञ्चालक सदस्य तथा बहुउद्देश्यीय सहकारी संघ लि., ललितपुरका अध्यक्ष शरदकुमार महर्जनले यस अर्थ बहुउद्देश्यीय सहकारी संस्था लि.का सूचकहरुले यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको देखिएकोलेले यसका शेयर सदस्यहरुले यसै संस्थामा सबै वित्तीय कारोवार गरी सक्रियतापूर्वक यस संस्थाको हितमा लाग्नु पर्ने खाँचो औल्याउनुभयो । उहाँले राज्यको ऐन / नियमावलीले बहुउद्देश्यीय सहकारी संस्थालाई नियन्त्रण गर्ने कार्य गरिरहेकोले बहुउद्देश्यीय सहकारी संघ/ संस्थाको विकास र प्रवर्द्धन गर्ने गरी सहकारी ऐन तथा नियमावली संशोधन गर्नु पर्ने बताउनुभयो । त्यस्तै सो सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सहकारी बैंक लि., शाखा कार्यालय , लगनखेल , ललितपुरकी प्रमुख रमा घिमिरेले सहकारी संघ/ संस्थाहरु आफ्ना सदस्यहरुको जीवन स्तर माथि उठाउन सहयोग पुग्ने गरी योजना बनाएर अगाडि बढ्नुसा ,तपाईहरुलाई राष्ट्रिय सहकारी बैंक लि.ले सहयोग गर्छ भन्नुभयो । त्यस साधारणसभामा सोही सभाका अध्यक्ष अरविन्द चन्द्र अमात्यले



उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै यस संस्थाले स्थापना हुँदाको समयदेखि हालसम्म सहकारी मूल्य , मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै संस्थाका सदस्यहरुलाई आर्थिक , सामाजिक र सांस्कृतिक क्षेत्रमा अनवरत सेवा दिदै आइरहेको बताउदै यसले निरन्तर रुपमा सदस्यहरुलाई विभिन्न रुपमा सेवा दिई सहकारी क्षेत्रमा अग्रणी मध्ये एक सुरक्षित तथा भरपर्दो संस्थाको रुपमा आफूलाई परिचित गराउन सफल रहेको छ भन्नुभयो । यस संस्थाका सदस्यहरुको आर्थिक , सामाजिक तथा सास्कृतिक विकासका लागि र यो संस्थाको बहुउद्देश्यीय कार्य सञ्चालन गर्नका लागि कृषि , यातायात ,पर्यटन , स्वास्थ्य , शिक्षा , वीमा लगायतका योजनाहरुमा क्रमश: अनुसन्धान गरी उच्च प्रतिफल बढाउदै लैजाने उहाँको भनाई थियो । त्यसै संस्थाका उपाध्यक्ष प्रकाशमान श्रेष्ठले स्वागत मन्तव्य र शेयर सदस्य राजु श्रेष्ठ (गुल्सन) ले सञ्चालन गरेको सो सभामा उक्त संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक मिलन श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभयो । उक्त साधारणसभाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थामा शेयर पूँजी रु.९५,७८,५०० ,निक्षेप संकलन रु.६,६२,६३,००० , कर्जा रु.७,२५,२१,००० र कर्जा कसुली रु.६,५०,४२,००० रहेको उल्लेख छ ।

त्यस सभामा सोही संस्थाका जेष्ठ शेयर सदस्यहरु कृष्णशरण श्रेष्ठ , बाबुकाजी शाक्य , लतमाया डंगोल , तुलशीलाल महर्जन र लक्ष्मीदेवी महर्जनलाई दोस्ल्ला ओडाई सम्मान गरियो । त्यसैगरी उक्त संस्थाका उत्कृष्ठ बचतकर्ताहरु विश्वनाथ उलक , पुष्पा श्रेष्ठ र मीरा रघुवंशी तथा उत्कृष्ट शेयर सदस्यहरु राजकुमार महर्जन , सत्यमाया थापा र मीनु अमात्यलाई सम्मानित गरिएको थियो । उक्त सभाका अध्यक्ष अमात्यले प्रमुख अतिथि लम्साललाई मायाको चिनो प्रदान गर्नुभयो ।

Leave a Reply