विष्णुडोल बहुउद्देश्यीय सहकारी संस्था लि.ले तरकारी खेतीबाट वार्षिक रु.३ लाख आम्दानी गरिरहेको छ

0 Shares

– लक्ष्मण कार्की , अध्यक्ष , विष्णुडोल बहुउद्देश्यीय सहकारी संस्था लि., महालक्ष्मी नगरपालिका -८ , विष्णुडोल , ललितपुर

ललितपुरको महालक्ष्मी नगरपालिका -८ ,विष्णुडोलमा आफ्नै २ तले भवनबाट सञ्चालन भइरहेको विष्णुडोल बहुउद्देश्यीय सहकारी संस्था लि.ले बचत तथा ऋण कारोवारका साथै रेमिट सेवा सञ्चालन ,कृषकहरुलाई सुलभ मुल्यमा रासायनिक मलको विक्री र तरकारी खेती सञ्चालन गरिरहेको छ । यसै विषयमा केन्द्रित रहेर सोही संस्थाका अध्यक्ष लक्ष्मण कार्कीसँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले छोटो कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।

१. यतिबेला विष्णुडोल बहुउद्देश्यीय सहकारी संस्था लि. के गर्दैछ ?
~ स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यस संस्थाको १३औँ वार्षिक साधारणसभा २०७६ असोज ४ गते नै भइसकेकोले हामी सो साधारणसभाले पारित गरेका नीति तथा कार्यक्रम कार्यान्वय गर्ने क्रममा यस संस्थाका नियमित कार्यहरु गरिरहेका छौँ ।
हामीले कृषि सामाग्री कम्पनी लि. र साल्ट ट्रेडिङ कर्पोरेशनबाट रासायनिक मल खरीद गरी नाफा रहित ढंगबाट कृषकहरुलाई विक्री गरिरहेका छौँ । यसै गरी परीक्षणको रुपमा गत वर्षबाट विषादी रहित तरकारी खेती गरिरहेका छौँ । तरकारी खेतीको अवस्था सन्तोषजनक छ ।

२. तरकारी खेती कति जग्गामा लगाउनु भएको छ नि ?
~ हामीले ५ वर्षको लागि वार्षिक रुपमा रु.१५,००० मा कर सहित तिर्ने गरी १ रोपनी ९ आना जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छौँ । काठमाडौंको कालीमाटीबाट व्यापारीहरु तरकारी खरीद गर्न यही आउछन् । यो तरकारी खेतीबाट वार्षिक रुपमा रु.३ लाख संस्थालाई आम्दानी भइरहेको छ ।

३. व्यवसायिक कृषि कर्म गर्न चाहने संस्था या व्यक्तिलाई तपाई के भन्नुहुन्छ ?
~ संस्था या व्यक्तिले २ रोपनीभन्दा बढी जगागामा राम्रोसँग व्यवसायिक तरकारी खेती गरेमा उसको जीवन स्तर राम्रो हुने हाम्रो अनुभव छ ।

४. यो संस्थाको वित्तीय अवस्था कस्तो छ नि ?
~ हाम्रो यस संस्थाको वित्तीय अवस्था सन्तोषजनक छ । यसको आफ्नै ४ आना २ पैसा जग्गा र २ तले भवन छ ।
२०७६ पुस २७ गतेसम्म यस संस्थामा शेयर सदस्य संख्या ७६२ , शेयर पूँजी रु ९७ लाख , निक्षेप रु.९ करोड ३१ लाख , कर्जा लगानी रु.६ करोड ८२ लाख र कूल कारोवा रु. १७ करोड ७२ लाख रहेको छ ।

५. सहकारी ऐन , २०७४ संशोधनको तयारीमा छ भनिदैछ । यसबारे तपाईको धारणा के छ ?
~ सहकारी ऐन समय सापेक्ष ढंगबाट सहकारीको मर्म र भावना अनुकूल होस् । मुलुकका सबै तहका सहकारी एन तथा नियमावली सहकारीमुखी हुन जरुरी छ । सहकारी संस्थाहरु पनि सदस्यहरुको अधिकतम हित हुने ढंगबाट नीति तथा कार्यक्रम बनाई सञ्चालन हुन आवश्यक छ ।

६. परियोजना सञ्चालन गर्न चाहने सहकारी संस्था सरकारले के गर्नु पर्ला ?
~ सहकारीले आफ्नो कार्यक्षेत्र भित्र विपन्न सदस्यहरुको हितमा कुनै उद्योग , कलकारखाना सञ्चालन गरेमा आरु उद्योगपतिहरुलाई दिएको सेवा , सुविधा र सहजीकरण सरकारले उसलाई गरी दिनु पर्दछ ।

७. अन्तमा केही भन्नु छ कि ?
~ सहकारीकर्मीहरुले सहकारीको भावना अनुसा आ-आफ्नो संस्थाको नीति तथा कार्यक्रम बनाएर इमान्दारीपूर्वक परिचालन गर्नु पर्दछ ।

Leave a Reply