अरुणिमा साकोसको १०औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाले थप सदस्य सेवाकेन्द्रहरु विस्तार गर्ने

0 Shares


ललितपुर महानगरपालिका -६, लगनखेलमा प्रधान कार्यालय र महालक्ष्मी नगरपालिका-८, लुभुमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको अरुणिमा बचत तथा ऋण सहकारी संस्था लि.को १०औँ वार्षिक साधारणसभा सो संस्थाका अध्यक्ष रामशरण घिमिरेको अध्यक्षतामा

२०७६ पुस २६ गते डिसलाइट पार्टी भेन्यु महालक्ष्मीस्थानमा सम्पन्न भयो ‌। राष्ट्रिय सहकारी बैंक लि.का भूतपूर्व अध्यक्ष राजेशहरि जोशीले उक्त साधारणसभाको उद्घाटन गर्दै

यस अरुणिमा साकोसले स्थापना भएको छोटो समयमा धेरै राम्रो प्रगति गर्न सफल भएको देख्ता खुशी लागेको बताउदै शेयर सदस्यहरुले आफ्ना सबैजसो वित्तीय कारोवार सहकारीमा नै गरी सहकारीलाई बलियो बनाउन सहयोग गर्नु पर्ने आवश्यकता औंल्याउनुभय़ो । सोही संस्थाका सल्लाहकार सुदर्शन घिमिरे लगायतले सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो ।‌
उक्त साधारणसभामा त्यसै संस्थाको सञ्चालक समितिको तर्फबाट प्रगति प्रतिवेदन ,आगामी कार्यक्रम तथा वार्षिक बजेट पेश गर्दै त्यसै सभाका अध्यक्ष रामशरण घिमिरेले २७ जना जना शेयर सदस्यहरुको शेयर पूँजीबाट २०६६ भदौ ५ गतेबाट कारोवार शुरु गरेको हाम्रो यस अरुणिमा बचत तथा ऋण सहकारी संस्था लि.ले यस अवधिमा गरेको प्रगतिलाई कम आँकलन गर्न नहुने भन्दै सहकारी क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको समयमा धेरै किसिमका चुनौतिलाई पार लगाउदै समस्याको समाधान पहिल्याउदै अगाडि बढ्नु पर्ने परिस्थिति रहेको बताउनुभयो । उहाँले २०७६ आसार मसान्तसम्म उक्त संस्थामा शेयर सदस्य संख्या ५७६ , शेयर पूँजी रु.९४,०९,९०० , बचत संकलन रु.८,४९,४६,३६२/४४ , कर्जा लगानी रु.८,८३,६७,७२४/८० , , नाफा रु.११,३९,४५९/१२ र कूल कारोवार रु.१२,२७,१३,८१४ रहेको तथा आर्थिक वर्ष २०७६/०७७ मा शेयर पूँजी रु.१,०५,८९,९०० पु-याउने लक्ष्य लिएको बताउनुभयो । यस संस्थाका शेयर सदस्यहरुको माग बमोजिम ललितपुरको महालक्ष्मी नगरपालिका -लुभु , गोदावारी नगरपालिका -१० , चापागाउँ तथा ललितपुर महानगरपालिका -१० र २१ का क्रमश: कुपण्डोल र खोकनामा एक/एक वटा सदस्य सेवाकेन्द्र स्थापना गर्ने उहाँको भनाई छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट रकम माग भई कर्जा समेत स्वीकृति भई सकेकोले उक्त रकम ग्रामीण क्षेत्रमा भएका बेरोजगार युवाहरुलाई व्यवसायिक बनाउनको लागि कोषको रकम लगानी गरिने बताउदै उहाँले यस संस्थामा आर्थिक वर्ष २०७६/०७७ मा पूँजी सिर्जना हुने खालका उत्पादन तथा सेवा क्षेत्र पहिचान गरी सदस्यहरुलाई प्रत्यक्ष लाभान्वित हुने खालका कृषि , पशुपालन जस्ता परियोजना निर्माणमा यस संस्थाको भूमिका रहने छ भन्नुभयो । सो संस्थाका सचिव लक्ष्मण तिवारीले सञ्चालन र सञ्चालक सदस्य शुभद्रा तिमल्सिनाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त सभामा सोही संस्थाका कोषाध्यक्ष तेजप्रसाद घिमिरेले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक महानन्द तिमल्सिनाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभयो ।
सोही सभामा सो संस्थाका जेष्ठ सदस्य चेतनाथ तिमिल्सिना , उत्कृष्ट नियमित बचतकर्ता राधिका घिमिरे ,उत्कृष्ठ साधारण बचतकर्ता टीकादेवी भण्डारी , उत्कृष्ठ मुद्धती बचतकर्ता सविता ताम्राकार तथा असल ऋणी श्यामसुन्दर लामिछानेलाई सम्मान गरियो । त्यसैगरी सो अवसरमा उक्त संस्थाका शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये २०७५ सालको एस.ई.ई.परीक्षामा उत्कृष्ट जी.पी.ए.ल्याई उत्तीर्ण हुने सञ्जु तिमल्सिना , रीजन मिश्र , नीरज घिमिरे , उलान्शु लामिछाने र आकृती श्रेष्ठलाई पुरस्कार सहित सम्मानित गरियो ।

Leave a Reply