बहुउद्देश्यीय सहकारी संघ लि. , काठमाडौंंको ५औँ वार्षिक साधारणसभा सम्पन्न

0 Shares

बहुउद्देश्यीय सहकारी संघ लिमिटेड , काठमाडौंको ५औँ वार्षिक साधारणसभा उक्त संघका अध्यक्ष मनोज थापाको मगरको अध्यक्षतामा २०७६ पुस २९ गते काठमाडौंमा सम्पन्न भयो । एक समारोहका वीच सो साधारणसभाको नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष सुरेन्द्र भण्डारीले उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा मन्तव्य व्यक्त गर्दै अध्यक्ष भण्डारीले सहकारी ऐनमा व्यवस्था गरिएको ७० र ३० प्रतिशत थ्रेसहोल्डको प्रावधान कार्यान्वयन हुन अवस्था नभएकोले संशोधन हुने संघारमा रहेको सहकारी ऐन संशोधन हुँदा कुनै न ढंगबाट उक्त थ्रेसहोल्डको समस्या समाधान हुनेछ भनी आशा गरौँ भन्नुभयो ।
सहकारी ऐन र नियमावलीमा बहुउद्देश्यीय सहकारीहरु उत्पादनमा जानु पर्ने व्यवस्था भएपनि त्यो स्पष्ट नहुँदा त्यसले बहुउद्देश्यीय सहकारीहरुमा अन्यौलको अवस्था सिर्जना गरेकोले ऐन संशोधन हुँदा सो अन्यौल अन्त हुनु पर्ने उहाँको भनाई छ ।
त्यस सभामा नेफ्स्कूनका नवनिर्वाचित अध्यक्ष परितोष पौड्याल , नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सचिव माधवप्रसाद तिमिल्सिना , राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक सदस्य तथा जिल्ला सहकारी संघ लि., काठमाडौंका नवनिर्वाचित अध्यक्ष ज्ञानबहादुर तामाङ लगायतका बक्ताहरुले त्यस सभामा शुभकामना मन्तव्य गर्दै सहकारीलाई बचत र ऋण कारोवारसँगै उत्पादनमूलक कार्य गर्न सक्ने वातावरण बनाउने गरी र सहकारीका ७ सिद्धान्तलाई सम्मान गर्दै सहकारीको विकास प्रवर्द्धन हुने गरी सहकारी ऐन संशोधन हुनुपर्नेमा जोड दिनुभयो ।
उक्त साधारणसभाका अध्यक्ष मनोज थापा मगरले त्यस सभामा सो संघको वार्षिक प्रतिवेदन पेश गर्दै सहकारी ऐनले बहुउद्देश्यीय सहकारीहरु माथि लगाएको थ्रेसहोल्ड , सहकारीको स्वायत्तताको सिद्धान्तलाई हस्तक्षेप गर्ने गरी कार्यान्वयनमा ल्याइएको सहकारी सन्दर्भ व्याजदर , सहकारी क्षेत्रमा सरकारको विभेदकारी कर नीति जस्ता विषयमा यस संघले सुधारका लागि पहल गरिरहेको छ भन्नुभयो । सोही संघका उपाध्यक्ष लक्ष्मीप्रसाद संग्रौलाले स्वागत मन्तव्य र सचिव प्रवेश श्रेष्ठले सञ्चालन गर्नु भएको उक्त सभामा त्यसै संघका कोषाध्यक्ष शंकरजी अधिकारीले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक विनोद पौडेलले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो ।
त्यस सभाले पारित गरेको प्रतिवेदनमा
काठमाडौं जिल्लामा सञ्चालनमा रहेका ५३१ बहुउद्देश्यीय सहकारी संस्थाहरु मध्ये हालसम्म १२९ वटा संस्था मात्र सो संघमा आवद्ध हुन सकेकोमा उक्त संघको ४ वर्षे रणनीतिक तथा व्यवसायिक योजना निर्माण गरी कार्यालय व्यवस्थापन तथा आवश्यक कर्मचारी व्यवस्था गरी काठमाडौं जिल्लाभरका बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई यसमा आवद्ध गर्न पहल गर्ने,सदस्यहरुको क्षमता अभिवृद्धिका लागि तालिम तथा गोष्ठी आयोजना गर्ने जस्ता विषय उल्लेख छ ।
सोही सभामा जिल्ला सहकारी संघ लि., काठमाडौंका नवनिर्चित अध्यक्ष ज्ञानबहादुर तामाङलाई सम्मान गरिएको थियो ।

Leave a Reply