नेपाल इन्भेष्टमेण्ट बैंक लि. को ३३औँ वार्षिक साधारणसभा सम्पन्न , चुक्ता पूँजी रु.१४ अरव २२ करोड

नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ३३औँ वार्षिक साधारणसभा उक्त बैंक सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा २०७६ पुस २८ गते काठमाडौंको प्रदर्शनीमार्ग स्थित राष्ट्रियसभा गृहमा सम्पन्न भयो । साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै नेपाल राष्ट्र बैंकको निर्देशानुसार Nepal Financial Reporting Standards (NFRS) बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ भने साधारणसभाले २०७५/०७६ सम्मको सञ्चित मुनाफाबाट २०७६ आषाढ मसान्तसम्ममा कायम शेयर पूँजीको १०/५ प्रतिशत बोनस शेयर र ८/५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको जनाइएको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक लि.को चुक्ता पूँजी रु.१४ अर्ब २२ करोड (पारित १०/५ प्रतिशत बोनस सहित) पुगेको छ र बैंकले आ.व. २०७५/०७६मा रू.४ अर्ब १३ करोडको सञ्चालन मुनाफा कमाएको छ । त्यसैगरी बैंकको खुदनाफा रु. ३ अर्ब ३२ करोड पुगेको छ र बैंकको निक्षेप ८/४५ प्रतिशतले बढेर रू.१ खर्ब ५२ अर्ब पुगेको छ भने कर्जा लगानी ५/२३ प्रतिशतले बढेर रू. १ खर्ब २७ अर्ब पुगेको छ । बैंकको खराब कर्जा (एन.पि.ए.) अनुपात २/७८ प्रतिशत रहेको छ ।
बैंकले हालमा विस्तारित शाखाहरु सहित गरेर ८२ वटा शाखा कार्यालय, १६ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सुविधा तथा १२४ वटा एटीएमबाट सेवा दिइरहेको छ ।
बैंक अफ दि इयर पाँच पटक प्राप्त गरिसकेको र Euromoney नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट Euromoney Awsrds for excellence “Best banks 2018” अवार्ड पनि प्राप्त गर्न सफल भएको NIBL ले गत बर्ष इक्रा नेपालद्धारा प्रदान गरिएको बैंक स्त्तरोनन्तिलाई कायम राख्न सफल भएको बताइएको छ ।