हिमनदी साकोस ,भोलागणेशको अध्यक्षमा पुन: सागरमान ब्यञ्जनकार

0 Shares


ललितपुर महानगरपालिका -९ , भोलागणेशमा रहेको हिमनदी बचत तथा ऋण सहकारी संस्था लि.मा २०७६ पुस मसान्तसम्म शेयर सदस्य संख्या ८५० , शेयर पूँजी रु.१ करोड , निक्षेप संकलन रु.१० करोड , ऋण परिचालन रु.९ करोड ५० लाख र कूल कारोवार रु.११करोड ५० लाख रहेको सोही संस्थाका अध्यक्ष सागरमान व्यञ्जनकारले सहकारी सञ्जाललाई बताउनुभयो ।
उक्त संस्थाको १०औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन त्यसै संस्थाका अध्यक्ष सागरमान व्यञ्जनकारको अध्यक्षतामा २०७६ पुस १३ गते ज्यापु प्रज्ञा भवन , ज्यापु समाज , यल , भोलागणेशमा सम्पन्न भयो ।

smart

त्यस अधिवेशनले पुन: सागरमान व्यञ्जनकारको अध्यक्ष सो संस्थाको सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । ४ वर्षे कार्यकाल रहने उक्त समितिको उपाध्यक्ष , सचिव र कोषाध्यक्षमा क्रमश:नरेश महर्जन ,गंगामान व्यञ्जनकार र राजु शाक्य तथा सञ्चालक सदस्यहरुमा रबिना व्यञ्जनकार , आशमाया महर्जन , रमिता श्रेष्ठ नेम्कुल , रोशन महर्जन र देवेन्द्र व्यञ्जनकार हुनुहुन्छ । त्यसैगरी लेखा सुपरीवेक्षण समिति संयोजकमा सुशीला व्यञ्जनकार तथा सदस्यमा सबिना श्रेष्ठ र बत्सकुमार शाक्य चयन हुनु भएको छ ।
सोही संस्थाका अध्यक्ष सागरमान व्यञ्जनकारको अध्यक्षतामा सम्पन्न सो साधारणसभाको सोही संस्थाका कानुनी सल्लाहकार तथा ललितपुर वार एसोसिएसनका अध्यक्ष अधिवक्ता अर्जुन महर्जनले उद्घाटन गर्नुभयो । त्यस सभामा मन्तव्य व्यक्त गर्दै अधिवक्ता महर्जनले स्थानीय समुदायभवमा आधारित रहेर सञ्चालन भइरहेको यस हिमनदी साकोसको प्रगति र आफ्ना शेयर सदस्यहरुको जीवन स्तर माथि उठाउन गरिरहेको सहयोग देख्ता खुशी लागेको बताउनुभयो । त्यस सभामा जिल्ला सहकारी संघ लि., ललितपुरका लेखा सुपरीवेक्षण समिति संयोजक अनिलवीर बज्राचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै उक्त संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो ।
सोही साधारणसभामा उक्त संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै सो संस्थाका अध्यक्ष सागरमान व्यञ्जनकारले हामी जम्मा २६ जनाको समूहको रु.१,९६,४०० पूँजीबाट सञ्चालन शुरु भएको यस हिमनदी बचत तथा ऋण सहकारी संस्था लि. २०७६ मंसीर मसान्तसम्ममा यसको कूल कारोवार ११ करोड ५० लाख पुगेको बताउदै हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको र यसको सन्तोषजनक छ भन्नुभयो ।
सोही संस्थाका सचिव सुरेन्द्र महर्जनले सञ्चालन र कोषाध्यक्ष स्वागत मनाव्य र आर्थिक प्रतिवेदन पेश गर्नु भएको सो सभामा उक्त संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक राजकुमार भट्टले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । शेयर सदस्यहरु वीच छलफल गरी त्यसै साधारणसभाले ती प्रतिवेदन पारित गरेको थियो ।
उक्त संस्थाका व्यवस्थापक अशोक घिमिरेले संयोजन गर्नु भएको सो सभामा ललितपुर वार एसोसिएसनको अध्यक्षमा निर्वाचित हुनुभएकोमा त्यसै संस्थाका कानुनी सल्लाहकार तथा त्यस संस्थाका प्रमुख अतिथि अधिवक्ता अर्जुन महर्जनलाई सम्मान गरिएको थियो ।

Leave a Reply