आफू स्थापना भएको१०औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि.ले ग-यो बृहत खुल्ला रक्तदान कार्यक्रम

0 Shares


काठमाडौंको बालाजु-माछापोखरीमा प्रधान कार्यालय तथा कालीमाटी , न्युरोड ,चावहिल र जोरपाटीमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको तथा ११,००० शेयर सदस्यहरु रहेको मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफू स्थापना भएको ९औँ वर्ष पूरा भई १०औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा आज बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सोही संस्थाको प्रधान कार्यालय , माछापोखरी परिसरमा आयोजित कार्यक्रममा प्रतिकूल मौसमका बाबजुद पनि १०० जना जति रक्तदाताहरुले रक्तदान गरेको आयोजकको भनाई छ । यसै उपलक्ष्यमा हाम्रो यस संस्थाको सञ्चालक समितिको निर्णय अनुसार बृहत खुल्ला रक्तदान कार्यक्रम सहित साताव्यापी विभिन्न कार्यक्रम सञ्चालन गर्ने क्रममा आज बृहत खुल्ला रक्तदान कार्यक्रम गरेको उक्त संस्थाका सचिव तथा प्रवन्ध सञ्चालक महाशंकर रेग्मीको भनाई छ । उक्त संस्थाको न्युरोड र कालीमाटी सेवाकेन्द्रको आयोजनामा
आउदो माघ ७ गते काठमाडौंको वशन्तपुरमा तथा चावहिल र जोरपाटी सेवाकेन्द्रको आयोजनामा आउदो माघ १० गते पशुपति मन्दिर परिसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको उहाँले सहकारी सञ्जाललाई बताउनुभयो ।

Leave a Reply