सिद्धेश्वर महादेव बहुउद्देश्यीय सहकारी संस्था लि.को ५औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाको कूल कारोवार रु. १२ करोड

0 Shares


ललितपुरको महालक्ष्मी नगरपालिका -६ , सिद्धिपुरमा रहेको सिद्धेश्वर महादेव बहुउद्देश्यीय सहकारी संस्था लि.को ५औँ वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष विक्रम महर्जनको
अध्यक्षतामा २०७६ पुस २५ गते सिद्धिपुर पार्टी प्यालेसमा सम्पन्न भयो । त्यसै संस्थाका सल्लाहकार तथा महालक्ष्मी नगरपालिका वडा नं.६ का वडा अध्यक्ष बाशुदेव महर्जनले एक समारोहका वीच सो साधारणसभाको उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले स्थापना भएको छोटो समयमा यस सिद्धिपुर महादेव बहुउद्देश्यीय सहकारी संस्थाले सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पु-याई प्रगतिपथमा अगाडि बढिरहेको देखिएको बताउनुभयो । सहकारी क्षेत्रमा आफ्नो सहयोग रहने बताउदै उहाँले सहकारीले पनि वित्तीय कारोवारसँगै उत्पादनमूलक कार्य गरी उत्पादन बढाउन सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
त्यस सभामा माछापुछ्रे बचत तथा ऋण सहकारी संस्था लि., सिद्धिपुरका अध्यक्ष राजेश महर्जन , दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लि.,सिद्धिपुरका चमेली महर्जन लगायतले सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो ।
त्यस सभामा सोही संस्थाको वार्षिक प्रतिवेदन उक्त संस्थाका अध्यक्ष विक्रम महर्जन , सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आ.व.२०७६/०७७ को नीति तथा कार्यक्रम सचिव विनिता महर्जनले , लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन विकाश महर्जनले र आर्थिक प्रतिवेदन चिरीकुमारी महर्जनले पेश गर्नु भएको थियो । सो साधारणसभाले ती प्रतिवेदनहरु पारित गरेको थियो । आ.व.२०७५/०७६ सो संस्थामा शेयर सदस्य संख्या ६३३ , शेयर रकम रु.१,१०,२०,९७१ , निक्षेप जम्मा रु.१०,०६,२०,८३८/३७ र कूल कारोवार रु.१२ करोड रहेको उल्लेख छ ।
त्यस सभामा सो संस्थाको रु.५० हजारभन्दा माथिको शेयर खरीद गर्ने शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी उक्त सभाका अध्यक्ष विक्रम महर्जनले प्रमुख अतिथि तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

Leave a Reply