चन्द्रागिरि साकोस , थानकोट र दहचोक नमुना साकोस , दहचोक वीच एकीकरण हुने सहमती

0 Shares

काठमाडौंको चन्द्रागिरि नगरपालिकाको थानकोट चेकपोष्टमा आफ्नै सुविधा सम्पन्न भवनबाट सञ्चालन भइरहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.र सोही न.पा. वडा नं १, दहचोकमा रहेको दहचोक नमुना बचत तथा ऋण सहकारी संस्था लि. वीच एकीकरण हुने सहमती भएको छ । २०७६ माघ ४ गते ती दुई संस्थाका सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको रोहबरमा चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष शिवशंकर मानन्धर र दहचोक नमुना बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष युवराज सिग्देल वीच १७ बुँदे सहमती पत्रमा हस्ताक्षर भएको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले जनाएको छ । उक्त सहमती अनुसार दहचोक नमुना बचत तथा ऋण सहकारी संस्था लि. चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.मा गाभिने छ । दुबै संस्था वीच एकीकरण भए पछि दहचोक नमुना बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय रहेको स्थानमा चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो सेवा केन्द्र स्थापना गरी त्यस क्षेत्रका आफ्ना सदस्यहरुलाई प्रभावकारी सेवा प्रदान गर्ने बताएको छ । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.समुदायमा आधारित रही उत्कृष्ट नमुना सहकारी रुपमा सञ्चालन भइरहेको छ ।

Leave a Reply