क्यापिटल साकोस , क्षेत्रपाटीको १९औँ वार्षिक साधारणसभा सम्पन्न , आ.व.२०७५/०७६ मा संस्थाको खुद नाफा रु.१,६५, ७८,९८०/१८

0 Shares


काठमाडौंको क्षेत्रपाटीमा सञ्चालनमा रहेको र काठमाडौं कै नक्सालमा क्यापिटल भवन
समेत सञ्चालन गरिरहेको क्यापिटल सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि.१९औँ वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मीनराज कँडेलको प्रमुख आतिथ्यतामा २०७६ पुस २६ गते सम्पन्न भयो । प्रमुख अतिथि कँडेलले उक्त साधारणसभाको उद्घाटन गर्दै यस क्यापिटल सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि.ले आफ्नो १९ वर्षे यात्राको क्रममा धेरै प्रगति गरेको देख्दा खुशी लागेको बताउनुभयो । उहाँले सहकारी संस्थाहरु एकीकरणमा जानु पर्नेमा जोड दिनुभयो । उक्त अवसरमा राष्ट्रीय सहकारी महासंघ लि.का सञ्चालक तथा जिल्ला सहकारी संघ लि. , काठमाडौंका नि:बर्तमान अध्यक्ष टेकप्रसाद चौलागाईले सहकारीको सिद्धान्त विपरीत कार्यान्वयनमा ल्याइएको सहकारी सन्दर्भ व्याजदर सरकारले सच्याउनु पर्ने बताउदै संशोधन हुन लागेको सहकारी ऐन सहकारीको हितमा हुनु पर्ने आवश्यकता औल्याउनुभयो । त्यस अवसरमा नेपाल नेशनल हस्पिटल , कलंकीका मेडिकल डाइरेक्टर प्रकाश पौडेल लगायतले उक्त संस्थाले आफ्ना सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पु-याउने गरी गरिरहेको सामाजिक उत्तरदायित्वका कार्यहरुप्रति खुशी व्यक्त गर्दै सो संस्थाको उत्तरोउतर प्रगतिको कामना व्यक्त गर्नुभयो । उक्त साधारणसभामा सोही संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै त्यसै संस्थाका अध्यक्ष रामचन्द्र शर्माले हाम्रो यस क्यापिटल सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि. मा सदैव सुशासन कायम गरी स-साना पूँजीलाई एकीकृत गरी त्यसको सही सदुपयोग गर्ने प्रमुख उद्देश्य अनुरुप संस्थालाई अघि बढाई संस्थाको कार्य सञ्चालन क्षमतामा अझ सुधार गरी त्यसको सही सदुपयोग गर्ने प्रमुख उद्देश्य अनुरुप संस्थाको उत्पादकत्व तथा सेवाहरु अझ बढाउदै सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनस्तरमा सुधार ल्याई दिगो रुपमा विकास गर्ने हाम्रो लक्ष्य रहेको र सोही लक्ष्य अनुसार सहकारी मुल्य र मान्यता बमोजिम संस्थाले आफ्ना क्रियाकलाप सञ्चालन गर्दै यस वर्ष सहकारीको क्षेत्रमा देखा परेका विभिन्न खालका विषम परिस्थितिका बाबजुद आ.व. २०७५/०७६ मा नाफामा उल्लेखनीय प्रगति गर्न सफल भएको छ भन्नुभयो । उहाँले यस संस्थामा कम्तिमा ५०० कित्ता शेयर हुने सदस्यहरुलाई रु.२ लाख बराबरको वीमा गर्ने बिगत वर्षबाट शुरुवात गरिएकोमा त्यसलाई निरन्तरता दिने र संस्थामा कार्यरत कर्मचारीहरुको दुर्घटना वीमाको व्यवस्था गरिएको बताउनुभयो । संस्थाले वर्षभरी सञ्चालन गरेका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु लगायतको चर्चा गर्दै उहाँले संस्थाको आफ्नो पहिचान एवं छविलाई स्थापित गरी उचो राख्न संस्थाद्वारा समय-समयमा सहकारी सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठि एवं सेमिनारहरुमा प्रतिनिधित्व गर्दै आइरहेको , राष्ट्रिय रुपया जिल्ला सहकारी संघ लि. , काठमाडौं , नेफ्स्कून , कास्कूनमा हाम्रो यो संस्था आवद्ध हुनुका साथै एसियाली क्रेडिट युनियन (ACCU) मा आवद्धताका लागि प्रयास भइरहेको छ भन्नुभयो ।
त्यस संस्थाका सचिव डा.अच्युतराज बुढाथोकीले सञ्चालन र सञ्चालक सदस्य रामहरि थापाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त सभामा सोही संस्थाका कोषाध्यक्ष अशोक पाण्डेले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक किरणकुमार पौडेलले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भयो । ती प्रतिवेदनहरु साधारणसभाले छलफल गरी पारित गरेको थियो । उक्त प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थामा शेयर पूँजी रु.१२,०१,५३,३०० , निक्षेप संकलन रु.२,६४,६५,६६,९९८ , कर्जा सापटी रु.२,२१,१८,२२,५५७ , मुनाफा रु.१,८६,२६,०४०/५७ र खुद नाफा रु.१,६५,७८,९८०/१८ रहेको र आर्थिक वर्ष २०७६/०७७ मा शेयर पूँजी रु.२२ करोड पु-याउने लक्ष्य रहेको उल्लेख छ ।
सो सभामा उक्त संस्थाका जेष्ठ सदस्य ७४ वर्षीया रमेशकान्त पौडेललाई दोसल्ला ओडाएर सम्मान गरियो भने उत्कृष्ट साधारण बचतकर्ता उमाकान्त न्यौपाने , उत्कृष्ट बचत कारोवारकर्ता पदम पौडेल (न्यरोड) र देबेन्द्र/ बद्री – पानोरमा (क्षेत्रपाटी) , उत्कृष्ट आवधिक बचतकर्ता जीवनकुमार शाक्य , उत्कृष्ट मुद्धती बचतकर्ता राजीव भारती थामन , उत्कृष्ट ऋण कारोवारकर्ता सुमन पौडेललाई सम्मान गरियो । त्यसैगरी सोही संस्थाका well dressed employee उमेश चन्द र श्वेता लामा , well behaved employee श्रीराम खनाल र शर्मिला डोटेल ,Best staff हरिचरण थारु र सुमित्रा खत्री , Best Marketing Representtative मुकेश शाही र Employee of the year सञ्जना ढकाललाई कर्मचारी पुरस्कार प्रदान गरी सम्मानित गरियो भने शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट जी.पी.ए. का साथ उत्तीर्ण हुने शशि बस्याल , कृति के.सी. प्रनभकाजी श्रेष्ठ र अनिश सापकोटालाई पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो ।

Leave a Reply