आफ्नो २६औँ स्थापना दिवस तथा रजत वर्षको अवसरमा सामुदायिक साकोसले ग-यो हाजिरी जवाफ प्रतियोगिता

0 Shares

काभ्रैपलाञ्चोक जिल्लाको पनौती नगरपालिका -४ , टौखालमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २६औँ स्थापना दिवस तथा रजत वर्षका विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइरहेको जानकारी प्राप्त भएको छ । त्यसै अवसरमा सोही संस्थाको आयोजनामा हिजो काभ्रेपलाञ्चोक जिल्ला स्तरीय अन्तर विद्यालय(कक्षा ११ र १२ ) हाजिरी जवाफ प्रतियोगिता सोही संस्थाको मुख्य कार्यालयमा सम्पन्न भएको छ । दुई चरणमा सम्पन्न सो प्रतियोगितामा काभ्रेपलाञ्चोक जिल्ला भरका १५ वटा सार्वजनिक तथा निजी विद्यालयहरु सहभागी भएको उक्त प्रतियोगितामा श्री बेलर एकेडेमी बनेपा प्रथम ,श्री भालेश्वर मा बि द्वितीय ,श्री एस. ओ.एस मा बि तृतीय र श्री कुशादेबी मा.बि सान्त्वना भएका छन् । विजेता प्रतियोगीहरु मध्ये प्रथम , द्वितीय ,तृतीय र सान्त्वनालाई क्रमश: नगद रू ३० हजार, रु.२० हजार,रु.१० हजार र रु ५ हजारको साथमा ट्रफी र प्रमाणपत्र २०७६ माघ १४ हुने उक्त सस्थाको २६औं स्थापन दिबस एबं रजत बर्ष समापन समारोहमा प्रदान गर्ने कार्यक्रम रहेको आयोजकको भनाई छ । सो संस्थाका अध्यक्ष प्रकाश बञ्जाराको प्रमुख आतिथ्यता , त्यसै संस्थाका कोषाध्यक्ष तथा सो हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम संयोजक प्रताप ताम्राकारको अध्यक्षतामा सम्पन्न उक्त हाजिरी जवाफ प्रतियोगिताको सञ्चालन सोही संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक हरिप्रसाद तिमिल्सिनाले गर्नु भएको थियो । उक्त प्रतियोगिताका विजेताहरुलाई सो संस्थाका अध्यक्ष प्रकाश बञ्जराले बधाई ज्ञापन गर्नु भएको थियो ।

Leave a Reply