पासा ग्वाहाली पुच: साकोसको कुल कारोवार रु.८ करोड ५० लाख


![]()
काठमाडौंको गोकर्णेश्वर नगरपालिका -४ मा रहेको पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लि.को २०७६ पुस मसान्तसम्म शेयर सदस्य संख्या ५०१ , शेयर पूँजी रु.१ करोड ५० लाख , निक्षेप संकलन रु.७ करोड , कर्जा लगानी रु.६ करोड ५० लाख र कुल कारोवार रु.८ करोड ५० लाख रहेको उक्त संस्थाका व्यवस्थापक श्यामकृष्ण श्रेष्ठले सहकारी सञ्जाललाई बताउनुभयो ।
सो संस्थाको १३औँ वार्षिक साधारणसभा २०७६ पुस १२ गते गोकर्णेश्वर बैङ्क्वेट अत्तरखेलमा सम्पना भयो । सोही संस्थाका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो साधारतसभाको सांसद कृष्ण राईले उद्घाटन गर्नु भएको थियो । त्यस अवसरमा सांसद राईले यस पासा ग्वाहाली पुच: साकोसले आफ्ना सदस्यहरुको जीवन स्तर माथि उठाउन गरिरहेको सहयोग र यसले गरिरहेको प्रगति देख्ता खुशी लागेको बताउनुभयो । उहाँले सहकारीको विकास र प्रवर्द्धनमा आफ्नो साथ र सहयोग रहने बताउनुभयो । त्यस अवसरमा वागमती प्रदेशसभा सदस्य रामेश्वर फुयाल , गोकर्णेश्वर नगरपालिका वडां.४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ , नेफ्स्कूनका सञ्चालक सदस्य न्हुच्छेनारायण श्रेष्ठ र वरिष्ठ पत्राकार तथा साहित्यकार विजयकुमार चालिसेले सो संस्थाले बचत तथा ङण कारोवारसँगै सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा पु-याएको योगदानको प्रशंसा गर्दै उक्त संस्थाको प्रगतिको कामना गर्नुभयो ।
उक्त साधारणसभामा त्यस संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सो सभाका अध्यक्ष हरिकृष्ण श्रेष्ठले १३ वर्ष ७ महिना अगाडि स्थापना भएको हाम्रो यस पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लि.”एकका लागि सबै र सबैका लागि एक “भन्ने मूल मन्त्रलाई सार्थक बनाउन निरन्तर लागिरहनुका साथै यो संस्था निरन्तर प्रगति पथमा अगाडि बढिरहेको छ भन्नुभयो । उहाँले यस संस्थाले बचततर्फ मासिक बचत , ऐच्छिक बचत , वाल बचत , दैनिक बचत , पासा समृद्धि बचत , पासा क्रमागत बचत , नारी बचत , आवधिक बचत , जेष्ठ नागरिक बचत , शेयर बचत , र पीजीपी बचत लगायतका विभिन्न बचत योजनाहरु सञ्चालन र सदस्यहरुआई सर्वसुलभ तरिकाले कर्जा उपलब्ध गराई कारोवार सञ्चालन गरिरहेको बताउनुभयो । श्सो संस्थाका उपाध्यक्ष प्रेमलाल श्रेष्ठले स्वागत मन्तव्य र सचिव ज्ञानदेवी श्रेष्ठले सञ्चालन गरेको त्यस साधारणसभामा उक्त संस्थाका कोषाध्यक्ष पूर्णराज श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक कृष्णभक्त श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । शेयर सदस्यहरु वीच छलफल गरी सो साधारणसभाले ती प्रतिवेदनहरु पारित गरेको थियो । प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा सोही संस्थामा शेयर सदस्य संख्या ४८१ , शेयर पूँजी रु.१,४३,४३,२०० , निक्षेप दायित्व रु.५,४९,६३,०१५/५० र कर्जा लगानी रु.५,७५,३९,८२८ रहेको तथा संस्थाले सम्पूर्ण कारोवार इजी सफ्ट्वेयरबाट सञ्चालन गर्नुका साथै आफ्ना सदस्यहरु लगायतलाई Western union , x-press Money र Moneygram Money Transfer मार्फत रेमिट्यान्स सेवा उपलब्ध गराउदै आएको उल्लेख छ ।
त्यस सभामा उक्त संस्थाका उत्कृष्ट बचतकर्ता गणेशलाल श्रेष्ठ (भीमदेव टोल) , नेत्रकुमारी वाग्ले (नयाँपाटी) , उत्कृष्ठ ऋणी रामबहादुर गुरुङ्ग (नयाँपाटी) र सोममाँया तामाङ(शंखटोल) , उत्कृष्ट शेयरधनी विजयकुमार चालिसे (आरुवारी) , उत्कृष्ट वाल बचतकर्ता दर्शन श्रेष्ठ (किसिगाल) र उत्कृष्ट कर्मचारी क्यासियर तथा बजार व्यवस्थापक अनु श्रेष्ठलाई सम्मान गरिएको थियो ।
सोही सभामा नेफ्स्कूनका नवनिर्वाचित सञ्चालक सदस्य न्हुच्छेनारायण श्रेष्ठलाई सम्मान गरिएको थियो ।
