शंखधर साकोस , शंखधरचोकको आयोजनामा नि:शुल्क आँखा शिवीर सम्पन्न , २६ जना मोतियाविन्दुको विरामीको आज नि:शुल्क सल्यक्रिया हुने
भक्तपुरको मध्यपुर थिमि नगरपालिका -४ , शंखधरचोकमा रहेको शंखधर बचत तथा ऋण सहकारी संस्था लि. को स्वास्थ उप-समितिको आयोजना तथा city eye care centre को प्राबिधिक सहयोगमा आ.मा.वि. थिमिमा २०७६ माघ ४ गते शनिबार नि:शुल्क आँखा शिविरमा सम्पन्न भयो । सो शिवीरमा २५० जनाको आँखा जाँच भएको उक्त संस्थाले जनाएको छ । सोही आँखा जाँचमा सहभागी २६ जनाको आँखामा मोतिविन्दुको समस्या देखिएको थियो । मोतियाविन्दुको समस्या देखिएका विरामीहरुको आज थिमिको City eye care केन्द्रमा नि:शुल्क सल्यक्रिया हुने जनाइएको छ ।
