कस्तुरी साकोस , गोठाटारको आर्थिक वर्ष २०७६/०७७ को अन्तसम्ममा शेयर पूँजी रु.६ करोड १० लाख पु-याउने लक्ष्य

0 Shares


काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका -८ , गोठाटारस्थित तेजविनायक चोकमा मुख्य कार्यालय र सोही नगरपालिका -९ , खहरेमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको कस्तुरी बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक समितिका अध्यक्ष विनय पण्डितले आर्थिक वर्ष २०७६/०७७ को अन्तसम्ममा हाम्रो यस कस्तुरी बचत तथा ऋण सहकारी संस्था लि. को शेयर पूँजी रु.६ करोड १० लाख , निक्षेप संकलन रु.४५ करोड र कर्जा लगानी रु.५१ करोड पु-याउने लक्ष्यका साथ कार्य भइरहेको सहकारी सञ्जाललाई बताउनुभयो ।
सो संस्थाको २०७६ पुस १२ गते अक्षरीका स्कूल कागेश्वरी मनहरा -८ ,मा १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको थियो । उक्त संस्थाको सञ्चालक समितिका अध्यक्ष विनय पण्डितको अध्यक्षतामा सम्पन्न त्यस साधारणसभाको कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले उद्घाटन गर्नुभयो । त्यस अवसरमा मन्तव्य व्यक्त गर्दै मेयर थापाले सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी वित्तीय कारोवार सँगै सामाजिक गतिविधि सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो । कागेश्वरी मनहरा नगरपालिकाले आफू अन्तर्गतका सहकारी संस्थाहरुलाई सहकारी सिद्धान्त , मुल्य र मान्यता आत्मसाथ गराई तिनीहरुको विकास र प्रवर्द्धन हुने गरी कार्य गरिरहेको बताउनु भएको थियो । सो सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै भूतपूर्व मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं मदन भण्डारी स्मृति प्रतिष्ठान , गोठाटार र मदन भण्डारी प्राविधिक शिक्षालय गोठाटारका अध्यक्ष प्रदीप नेपालले स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको यस कस्तुरी साकोसले सहकारी सिद्धान्त , मूल्य र मान्यतालाई आत्मसाथ गर्दै सामाजिक तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पु-याइरहेको देखिएको बताउनुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरु पुग्न नसकेका स्थानहरुमा सहकारीले नागरिकहरुलाई वित्तीय सेवा प्रदान गरिरहेकोले तिनको विकास र प्रवर्द्धनमा सरकारले ध्यान दिनु पर्ने खाँचो औल्याउनुभयो । कागेश्वरी मनहरा नगरपालिका वडा नं.६,८ र ९ का वडा अध्यक्षहरु क्रमश: प्रकाश फुयाल , श्रीकृष्णप्रसाद चापागाई र कुन्दन खड्काको आतिथ्यता रहेको उक्त साधारणसभामा त्यसै संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सोही सभाका अध्यक्ष विनय पण्डितले काठमाडौं जिल्लाभरी कार्यक्षेत्र भएको हाम्रो यस कस्तुरी बचत तथा ऋणीण सहकारी संस्था लि.ले छरिएर रहेको साना-साना पूँजीलाई बचत मार्फत संकलन गरी देशलाई आर्थिक समृद्ध बनाउने अभियानमा गरिरहेको प्रयास कोशेढुङ्गा सावित हुन्छ भने विश्वास लिएको बताउदै विकासको पूर्वाधार र आर्थिक गतिविधिलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नु पर्दछ भन्नुभयो । त्यस संस्थाका सचिव आनन्दबाबु के.सी.ले सञ्चालन र सञ्चालख सदस्य मीरा चापागाईले स्वागत मन्तव्य व्यक्त गर्नु भएको त्यस सभामा सोही संस्थाका कोषाध्यक्ष श्रीकृष्णप्रसाद चापागाईले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक रामेश्वर आचार्यले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । शेयर सदस्यहरु वीच छलफल भई ती प्रतिवेदनहरु सो साधारणसभाले पारित गरेको थियो । उक्त प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थामा शेयर सदस्यहरु १,५२० , शेयर पूँजी रु.५,६७,३९,१०० , निक्षेप संकलन रु.४०,८५,१०,५५४/४८, कर्जा लगानी रु.४५,७१,२६,०७३/८८ र
कूल कारोवार रु.५६,९१,४७,३८९/१५ रहेको उल्लेख छ ।
त्यस सभामा सोही संस्था शेयर समेत रहनु भएका नेपाल दुरसञ्चार प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनाल र डा.शोभित थापालाई सम्मान गरिएको थियो त्यसैगरी
सोही संस्थाका शेयर सदस्यहरुका छोरिछोरीहरुमध्ये २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट जीपीए ल्याई उत्तीर्ण हुने ९ जनालाई पुरस्कार प्रदान गरी सम्मानित गरिएको थियो ।

Leave a Reply