स्थापना भएको छोटो समयमा प्रगतिपथमा लम्किदै नल: स्वाँ बहुउद्देश्यीय सहकारी संस्था लि.

ललितपुरको हरिसिद्धिमा रहेको नल:स्वाँ बहुउद्देश्यीय सहकारी संस्था लि.स्थापना भएको छोटो समयमा राम्रोसँग प्रगतिपथमा लम्किरहेको देखिएको छ । सो संस्थाका अध्यक्ष गुणराज महर्जनले स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यस नल:स्वाँ बहुउद्देश्यीय सहकारी संस्था लि.ले स्थापना भएको ५ वर्षको छोटो समयमा यसका शेयर सदस्यहरुको स्नेह र
, अटुट विश्वास र सक्रिय सहयोग तथा सञ्चालक समिति एवं व्यवस्थापन पक्षको क्रियाशीलता र शुभचिन्तकहरुको सहयोगका कारण उल्लेखनीय प्रगति गर्न सफल भएको सहकारी सञ्जाललाई बताउनुभयो । यसले आफ्नो आन्तरिक व्यवस्थापनलाई मजबूत बनाउन मै यतिवेला जोड दिइरहेको बताउदै उहाँले हाम्रो यो संस्थामा बचत तथा ऋण कारोवार सँगै कृषि जस्ता उत्पादनमूलक क्षेत्रमा लाग्ने बारेमा छलफल चलिरहेको छ भन्नुभयो । यो संस्थाको ५औँ वार्षिक साधारणसभाले पारित गरेको नीति अनुरुप हाम्रो यस संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा आर्जन गरेको नाफाबाट शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको उहाँको भनाई छ ।
उक्त संस्थाको २०७६ कार्तिक ३० गते ललितपुरको तचपा: , हरिसिद्धिमा राष्ट्रिय सहकारी बैंक लि., शाखा कार्यालय , लगनखेलकी प्रमुख रमा घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यसै संस्थाका अध्यक्ष गुणराज महर्जनको अध्यक्षतामा सम्पन्न सो साधारणसभाको प्रमुख अतिथि घिमिरेले
उद्घाटन गर्दै यस नल:स्वाँ बहुउद्देश्यीय सहकारी संस्था लि.ले स्थापना भएको छोटो समयामा गरिरहेको प्रगतिप्रति प्रशन्नता व्यक्त गर्दै सहकारीको सिद्धान्त , मुल्य र मान्यतालाई आत्मसाथ गरी आफ्नो शेयर सदस्यहरुप्रति उत्तरदायी भई राम्रोसँग सञ्चालन भएका सहकारी संस्थालाई राष्ट्रिय सहकारी बैंक लि. को साथ र सहयोग रहने बताउनु भएको थियो ।
त्यस अवसरमा उक्त संस्थाका सल्लाहकार समिन महर्जन लगायतले सो संस्थाको उत्तरोतर प्रगतिको कामना व्यक्त गर्नुभएको थियो । त्यसै संस्थाका सल्लाहकार अष्टकुमारी महर्जनले सञ्चालन र उपाध्यक्ष अशोक महर्जनले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको सो साधारणसभामा त्यसै संस्थाका अध्यक्ष गुणराज महर्जनले सो संस्थाको वार्षिक प्रगति प्रतिवेदन , कोषाध्यक्ष न्हुछेमाया महर्जनले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक वेशवराम महर्जनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । ती सबै प्रतिवेदनहरु त्यस साधारणसभाले पारित गरेको थियो ।