राष्ट्रिय सभा सदस्य पदको चुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)- राजपा गठबन्धनको जीत

0 Shares

संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा रिक्त रहेका १९ मध्ये १८ सदस्य पदका लागि हिजो भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)- राजपा गठबन्धन विजयी भएको छ । जसका कारण नेपाली काँग्रेस- समाजवादी पार्टीको गठबन्धन लगायतको पराजय भयो । प्रदेश नं.२ मा राजपाका २ जना उम्मेद्वार बाहेक बाँकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सबै अर्थात १६ जना उम्मेद्वारहरुले बाजी मारे । जसका कारण राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धेरै शक्तिशाली भएको छ भने नेपाली काँग्रेस निकै कमजोर बनेको छ ।
राष्ट्रियसभामा चुनावमा प्रदेश नं. एकबाट ३ जना, प्रदेश नं. दुईबाट ४ जना, बागमती प्रदेशबाट २ जना, गण्डकी प्रदेशबाट २, प्रदेश नं. पाँचबाट ३ जना, कर्णाली प्रदेशबाट २ जना र सुदूरपश्चिम प्रदेशबाट २ जनाका लागि बिहीबार मतदान भएको थियो । सो निर्वाचनमा विभिन्न राजनीति दलका ४५ जना उम्मेद्वारले प्रतिस्पर्धा गरेका थिए । प्रदेश २ मा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले राष्ट्रिय जनता पार्टी सँग तालमेल गरी २/२ सिट बाँडफाँट गरेको थियो ।
बाँकी १ रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा भने राष्ट्रपतिबाट मनोनित गरिने छ । हिजो चुनिएका चुनिएका र राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्यहरुको पदावधि ६ वर्षको हुने छ । २ वर्ष अगाडि गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा चुनाव हारेका नारायणकाजी श्रेष्ठ
पनि गण्डकी प्रदेशबाट राष्प्रियसभा सदस्य निर्वाचित हुनुभयो ।

Leave a Reply