आजबाट शहीद सप्ताह शुरु

0 Shares

आजबाट शहीद सप्ताह शुरु भएको छ । वि.सं.१९९७ सालमा राणा शासनको अत्याचारको विरोध गरे बापत राणा सरकारले फासी दिएका शहीथहरु शुक्रराज शास्त्री , धर्मभक्त माथेमा , गंगालाल र दशरथ चन्दको सम्झनामा आजबाट शहीद सप्ताह शुरू भएको बताइएको छ । आज शहीद शुक्रराज शास्त्रीको काठमाडौंको टेकुमा रहेको शालिकमा माल्यर्फण गरिएको थियो ।
वि.सं.१९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकूमा रुखमा र माघ १२ गते सिफलमा रुखमा झुण्डायाएर फाँसी दिइएको थियो भने माघ १४ गते शहीद दशरथ चन्द र गंगालाललाई विष्णुमती र शोभाभगवतीको किनारामा गोली ठोकेर फासी दिइएको थियो । शुक्रराज शास्त्री बाहेक अरु ३ शहीदहरु नेपाल प्रजापरिषदमा आवद्ध भएको बताइएको छ ।
वि.सं.१९९७ सालदेखि हालसम्म राजनीतिक परिवर्तनका लागि भएका संघर्षमा जीवन आहुती दिने शहीदहरुको सूची धेरै लामो हुन पुगेको छ । संघर्ष कै कारण मुलुकमा राजनीतिक परिवर्तन भए । नेपालबाट राजतन्त्र समाप्त मयो । संघीय शासकीय संरचना निर्माण भयो तर राज्यको उपरी ढाँचामा बाहेक आधारभूत तहमा महसूस हुने गरी परिवर्तन हुन सकेको छैन । जसका कारण बर्तमान शासन व्यवस्थाप्रति नागरिकहरुले असन्तुष्टि प्रकट गरिरहेको देखिरहेको छ । देशको शासन सत्ताको बागडोर सम्हाली रहेको जिम्मेवार पक्षले नागरिकहरुको असन्तुष्टिलाई बेलैमा सम्बोधन नगरेमा यसले भयावह रुप नलेला भन्न सकिदैन ।

Leave a Reply