एम.सी. सी.को विरोधमा नेपाल कम्युनिष्ट पार्टीले ग-यो विरोधसभा , नेता एकदेव आलेको ५१औँँ स्मृतिसभा सम्पन्न
संघीय संसदबाट ५० करोड डलर राशीको बहुचर्चित एम.सी.सी. परियोजनको अनुमोदन हुने तयारी भइरहँदा त्यसको समर्थन र विरोध भइरहेको छ तर त्यसको समर्थनको तुलनामा नागरिकहरुको विरोधको स्वर सशक्त बन्दै गइरहेको देखिएको छ ।

यसै क्रममा एम.सी.सी.परियोजनाको नेपाल कम्युनिष्ट पार्टीको आयोजनमा काठमाडौंमा विरोधसभा र नेपाल कम्युनिष्ट पार्टीका नेता एकदेव आलेको ५१ँ स्मृति दिवसको अवसरमा स्मरणसभा सम्पन्न भयो । त्यस सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका सह-संयोजक लोकनारायण सुवेदीले “विभिन्न दातृ मुलुककहरूले दिएको अनुदान मन्त्रीपरिषदले अनुमोदन गर्दा हुने तर ५० करोड डलर सहयोगको प्रस्ताव चाहिँ संसदबाट किन अनुमोदन हुनु पर्ने ? यसबाटै प्रष्ट हुन्छ कि दालमा कुछ काला छ । यो एम.सी.सी. नेपाल र नेपालीको हितमा छैन । एम.सी.सी. परियोजनाको नाममा छद्म भेषमा अमेरिकी सेना नेपालमा आउदै छ र नेपाललाई द्वन्दको अखडा बनाउदै छ” भन्नुभयो । त्यसै अवसरमा नेकपाका नेता एकदेव आलेको स्मरण गर्दै उहाँले एकदेव आले क्रिन्तिकारीहरुका लागि प्रेरणादायी व्यक्तित्व भएको बताउनुभयो । उक्त अवसरमा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता आर.बी. भण्डारीले इण्डो-प्यासिफिकको अंग बनेर आएको अमेरिकी परियोजना एम.सी.सी. को ५० करोड डलरभन्दा बढी Ncell प्रकरणमा राजश्व छली , ३८ किलो तथा ३३ किलो सुन काण्ड जस्ता प्रकरणबाट भ्रष्टाचार भइरहेको बताउदै नेपालको राष्ट्रिय हित विपरीत रहेको अमेरिकी एम.सी.सी. परियोजना कुनै पनि हालतमा संसदबाट पास हुनुहुदैन र यो परियोजनाको नेपाली नागरिकले सशक्त प्रतिरोध गर्नुको विकल्प छैन भन्नुभयो । नेकपाका नेता एकदेव आलेप्रति स्मरण गर्दै नेता आलेको क्रान्तिकारी व्यक्तित्वको चर्चा गर्दै कमरेड पुष्पलालका सहयोद्धा लडाकू एकदेव आले क्रान्तिकारीहरुका लागि प्रेरणाको श्रोत रहेको बताउनुभयो । वि.सं.२००७ को दिल्ली सम्झौताको विरोध गरेका मुक्ति सेनाका कमाण्डर डा.के.आई. सिंहलाई तत्कालीन सरकारले पक्रेर सिंहदरवारमा लगेर थुन्दा सो दिल्ली सम्झौताका विरोध गरिरहेका मुक्ति सेनाका कमाण्डर एकदेव आले तथा रामप्रसाद राईहरुले हतियारको भण्डार गट्टाघर कब्जा गरेकाले तत्कालीन सरकारले डा.के.आई. सिंहलाई थुना मुक्त गर्न बाध्य भएको थियो , जुन घटनालाई डा. के.आई. सिंह काण्ड भनिन्छ तर हुनु पर्ने चाहिँ त्यो काण्डको नाम एकदेव आले – रामप्रसाद राई हो किनेभने डा.के.आई. सिंहलाई छुटाउन उहाँहरुले गट्ठाघर नै कब्जा गर्नु भएको थियो ,जुन घटना नेपालको इतिहासमा आन्दोलनकारीले गट्ठाघर नै पूरे कब्जा गरेर सरकारलाई झुकाएको यो मात्रै एक घटना भएको उहाँको भनाई थियो । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्यद्वय रत्नप्रसाद जोशीले स्वागत मन्तव्य र कृष्णहरि भट्टले सञ्चालन गर्नु भएको त्यस कार्यक्रममा सोही दलको दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य डा.महेन्द्र जोशीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टीका नेताहरु राजेश बान्तवा , मंगलकृष्ण अमात्य , अर्जुन कार्की , प्रविण जोशी लगायतले आ-आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।




अघिल्लो हप्ता नेपाल कम्युनिष्ट पार्टीले आफ्ना दिवंगत नेता विजयराज गौतमको तेस्रो स्मृति दिवसको अवसरमा उहाँले नेपालको वाम आन्दोलनया पु-याएको योगदानको स्मरण गरेको थियो ।
