२०७६ फागुन १ गते आफ्नै भवन निर्माणको सिलन्यास गर्दै बालकोट साकोस , बालकोट

भक्तपुरको सूर्यविनायक नगरपालिका-२ , बालकोट चोकमा रहेको बालकोट बचत तथा ऋण सहकारी संस्था लि.को आफ्नै भवन निर्माणको सिलन्यास २०७६ फागुन १ गते हुने कार्यक्रम तय भएको बताइएको छ । उक्त संस्थाले हालको आफ्नो कार्यालय नजिकै बालकोट चोकमा रु.१,३५,३७,५०० मा खरिद गरेको बाटोको मापदण्ड कटाई ०-४-३-० आना जग्गामा सो भवन निर्माणको सिल्यान्स हुन लागेको सोही संस्थाका कोषाध्यक्ष जयराज पौडेलले 
सहकारी सञ्जाललाई बताउनुभयो । उहाँले हाम्रो यस बालकोट बचत तथा ऋण सहकारी संस्था लि. को बालकोटको धारापाटीमा रहेको ७ आना जग्गा बिक्री गरी यो भवन निर्माण गर्न लागिएको छ भन्नुभयो । यस संस्थाले हनुमन्ते नदी सफाई अभियानमा शुभारम्भदेखि नै आर्थिक सहयोग गरी सो नदी सफाई अभियानमा मुख्य अभियन्ता भई सफाईमा लागिरहेको बताउदै उहाँले कौशलटार-बालकोट – सिरुटार -विरुवा सडक हरियाली बनाउने उद्देश्यले शुरु गरिएको सडक हरियाली अभियानमा २० वटा विरुवा बराबर रु.४५ हजार आर्थिक सहयोग गरिएको र त्यहाँ विरुवा रोप्ने कार्य हुनुका साथै सो सडक हरियाली बनाउने कार्यमा यस संस्थाको सक्रिय सहभागिता रहिरहने छ भन्नुभयो । आर्थिक वर्ष २०७६/०७७ मा यस संस्थामा शेयर सदस्य संख्या ४,००० , शेयर पूँजी रु.३ करोड , निक्षेप संकलन रु.४० करोड , ऋण लगानी रु.४० करोड र ऋण असुली रु.२३ करोड पु-याउने लक्ष्यका साथ कार्य भइरहेको उहाँको भनाई छ ।
त्यस संस्थाको १८औँ वार्षिक साधारणसभा २०७६ पुस १९ गते बालकोट चोक , रागिनी हाइटमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष निरोजकुमार कार्कीको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाको उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका मेयर बाशुदेव थापाले यस बालकोट साकोसको वार्षिक प्रतिवेदनमा उल्लेखित सुचाङ्क हेर्दा यो संस्था राम्रो अवस्थामा रहेको देखियो भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले समाजमा छरिएर रहेको स-सानो पूँजीलाई बचतको माध्यमबाट संकलन गरी सहकारी संस्थाहरुले सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरी आर्थिक तथा सामाजिक क्षेत्रमा योगदान पु-याइरहेकोले तिनको विकास र प्रवर्द्धनमा सबैको साथ र सहयोग आवश्यक हुने बताउनुभएको थियो । त्यस अवसरमा राष्ट्रिय सहकारी बैंक लि.की सञ्चालक सदस्य सरिता भट्टराई , सूर्यविनायक नगरपालिकाका सहकारी विज्ञ उद्धव चौलागाई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै यो संस्थाले आफ्ना सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी गरिरहेको क्रियाकलापप्रति खुशी व्यक्त गर्दै सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभएको थियो । त्यस अवसरमा सोही सभाका अध्यक्ष निरोजकुमार कार्कीले हाम्रो यस बालकोट बचत तथा ऋण सहकारी संस्था लि.का सदस्यहरुको माया , सद्भाव र विश्वासले आज यस संस्थाले सफलताका साथ १८औँ बशन्त पार गरेको बताउनुभयो । सदस्यहरु माझ छरिएर रहेको पूँजी , प्रविधि तथा प्रतिभालाई स्वावलमावन र पारस्परिकताका आधारमा एकीकृत गर्दै आफ्ना सदस्यहरुको आर्थिक तथा सामाजिक उन्नतिको लागि सहकारीको महत्वपूर्ण भूमिका हुने बताउदै उहाँले सहकारीको माध्यमबाट आत्मनिर्भर , दिगो एवं समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने सरकारको उद्देश्य पूरा गर्नु सहकारीको कर्तव्य हो भन्नुभयो । सो संस्थाका उपाध्यक्ष कृष्णशरण पौडेलले स्वागत मन्तव्य र शेयर सदस्य पुनम लामिछानेले सञ्चालन गर्नु भएको त्यस साधारणसभामा उक्त संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदन सोही संस्थाका कोषाध्यक्ष जयराज पौडेल र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा सुपरीवेक्षण समिति संयोजक सुमन महर्जनले पेश गर्नु भएको थियो । त्यसै साधारणसभाले पारित गरेको प्रतिवेदनहरुमा आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थामा महिला २,०२७ र पुरुष १,८२४ गरी जम्मा शेयर सदस्यहरु ३,८५१ , तथा विशेष विल बचत १७२ र वाल बचत ५४१ ,शेयर पूँजी रु.२,७३,०२,६०० , निक्षेप संकलन रु.३६,६२,१५,१६३ , ऋण लगानी रु.३६,९९,८८,५४३ ,ऋण आसुरी रु१८,००,४१,९८७ र कूल कारोवार रु.४२,५३,७२,५०३ रहेको उल्लेख छ ।
त्यस अवसरमा सार्वजनिक विद्यालयलाई प्रोत्साहन प्रोत्साहन गर्ने उद्देश्यले सो सभामा २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ठ जीपीए.का साथ उत्तीर्ण हुने श्री महेन्द्र शान्ति मा.वि.बालकोटका छात्रा अविना राई र छात्र गोपाल सत्याललाई निजहरुको उज्ववल भविष्यको कामना गर्दै प्रति विद्यार्थी रु.२,००० नगद पुरस्कार तथा प्रमाण-पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
सोही साधारणभाको सम्पन्न भएकै दिन उक्त साधारणसभा स्थानमा रक्तदान कार्यक्रम तथा दन्त शिवीर सञ्चालन भएको थियो । प्रतिकूल मौसमका बाबजूद पनि सो दन्त शिवीरमा १२५ जनाको दाँत परीक्षण गरिएको थियो ।
