विश्वास साकोस , बाहाखा बजारको कूल कारोवार रु.१८,१५,८२,८३६

0 Shares


भक्तपुरको मध्यपुर थिमि नगरपालिका-६, बाखाहा बजारमा रहेको विश्वास बचत तथा ऋण सहकारी संस्था लि. को २०७६ माघ १२ गतेसम्म शेयर सदस्य संख्या १,७९३ , शेयर पूँजी रु.१,८९,३९,७५० , निक्षेप संकलन रु.१४,७२,३५,३०५ , कर्जा लगानी रु.१२,५५,२२,२७० र कूल कारोवार रु.१८,१५,८२,८३६ रहेको सोही संस्थाले जनाएको छ ।
उक्त संस्थाको आयोजनामा २०७६ पुस २६ गते भक्तपुरको नगरकोटमा “पेशागत व्यवस्थापन तथा नेतृत्व विकास” तालिम
सोही संस्थाका अध्यक्ष तुल्सीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । नेफ्स्कूनका विभागीय प्रमुख दुर्गाप्रसाद ढकालले सहजीकरण गर्नु भएको सो कार्याक्रममा उक्त संस्थाका सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति , ऋण-उपसमिति र कर्मचारी गरी २० जनाको सहभागिता रहेको सोही संस्थाकी व्यवस्थापक चन्द्रकेशरी श्रेष्ठले
सहकारी सञ्जाललाई बताउनुभयो ।
त्यसैगरी सोही संस्थाको आयोजनामा २०७६ पुस १८ गते बाखाहा बजारस्थित न्यू फ्यामिली रेष्पुरेण्टमा नेफ्स्कूनका नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई कार्यक्रम सम्पन्न भएको थियो । सोही संस्थाका अध्यक्ष तुल्सीभक्त श्रेष्ठले नेफ्स्कूनको नवनिर्वाचित टिमलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामान व्यक्त गर्नुभयो ।
त्यस अवसरमा नेफ्स्कूनका अध्यक्ष परितोष पौडायालले नीति , विधि र प्रविधि अनुरुप सहकारी संस्थाहरु सञ्चालन हुनु पर्नेमा जोड दिदे आफ्नो नेतृत्वको नेफ्सकूनको टिमले आफ्ना सदस्य संघ/ संस्थाहरुको भावना अनुरुप काम गर्ने बताउनुभयो । आयोजक संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षता ,उपाध्यक्ष राजेन्द्र श्रेष्ठले स्वागत मन्तव्य र सचिव सुरेश साहु श्रेष्ठले सञ्चालन गर्नु भएको त्यस कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य न्हुच्छेनारायण श्रेष्ठले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यस्तै २०७६ पुस ५ गते आदर्श उ.मा.वि. थिमिमा सोही संस्थाको स्वास्थ्य उप-समिति र सिटी आईकेयर सेण्टरको आयोजना तथा हिमालय आईकेयर फाऊण्डेशनको सहयोगमा आँखा शिवीर सम्पन्न भएको थियो । सो शिवीरमा २४४ जनाको नि:शुल्क आँखा जाँच भएको थियो भने तीमध्ये ३५ जनाको मोतियाविन्दुको नि:शुल्क सल्यक्रिया गरिएको थियो ।

Leave a Reply