पाँचतारा साकोस , पुरानो सिनामंगलको २०७६ पुस मसान्तसम्म कूल कारोवार रु.४८,९०,५५,८९,७७३
काठमाडौ महानगरपालिका-३२ , पुरानो सिनामंगलमा आफ्नै भवनबाट सञ्चालन भइरहेको पाँचतारा बचत तथा ऋण सहकारी संस्था लि.को २०७६ पुस मसान्तसम्म 
शेयर पूँजी रु.६,२५,८४,३०० , निक्षेप दायित्व रु.३४,६३,१८,२८८/३५ , ऋण लगानी रु.३८,९९,०६,०२३ र कुल कारोवार रु.४८,९०,५५,८९,७७३ रहेको संस्थाका अध्यक्ष भोलानाथ पाठकको भनाई छ ।
IME र Money Gram रेमिट्यान्स सेवा समेत प्रदान गरिरहेको सो संस्थाले Smart Banking सेवा प्रदान गरिरहेको बताएको छ । सो Smart Banking सेवाबाट आफ्ना सदस्यहरुलाई Balance enquiry , Mini Statement र Recharge सेवा प्रदान गरिरहेको जनाएको छ ।
उक्त संस्थाले बचत अन्तर्गत पाँचतारा बचत , साधारण बचत , सदस्य सुविधा बचत ,खुत्रुके बचत , जेष्ठ नागरिक बचत , नारी बचत , चाडपर्व बचत , वाल बचत , आवधिक ६ महिने बचत , आवधिक १२ महीने बचत , आवधिक २४ महिने बचत र आवधिक ३६ महीने बचत सञ्चालन गरिरहेको जनाएको छ ।

त्यसैगरी सो संस्थाको ऋण अन्तर्गत कृषि ऋण , व्यवसायिक ऋण , घरायसी / घर जग्गा ऋण , शैक्षिक ऋण , आवधिक बचत रसिद ऋण र महिला उद्यमी ऋण सञ्चालनमा रहेको उक्त संस्थाको भनाई छ ।

