आर्थिक वर्ष २०७६/०७७ मा निक्षेप दायित्व रु.१८ करोड पु-याउने मैत्रीय साकोस , बालकोटको लक्ष्य

भक्तपुरको सूर्यविनियक नगरपालिका-२,बालकोटमा रहेको मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि.को आर्थिक वर्ष २०७६/०७७ मा आफ्नो शेयर पूँजी रु.२ करोड २० लाख , निक्षेप दायित्व रु.१८ करोड , ऋण/कर्जा लगानी रु.१६ करोड , सम्पति सामान रु.१ करोड ५० लाख र खुद नाफा रु.२१ लाख पु-याउने लक्ष्यका साथ कार्य सञ्चालन भइरहेको सोही संस्थाका सञ्चालक समितिका अध्यक्ष बालमुकुन्द उपाध्यायले सहकारी सञ्जाललाई बताउनुभयो । अघिल्लो महिना सम्पन्न हाम्रो यस मैत्रीय बचत तथा ऋण सहकारी संस्थ लि.को १२औँ वार्षिक साधारणसभाले पारित गरेको कार्यक्रम कार्यान्वयन भइरहेको उहाँको भनाई छ । उहाँले यस संस्थाले गत वर्ष झैं यस वर्ष पनि कर्जा लगानी गर्दा आयमुलक एवं उत्पादनशील कार्यलाई उच्च प्राथमिकता राखिएको , बचत जमानी , सामुहिक जमानी र धितो मूल्याङ्कन प्राथमिकताको आधारमा कर्जा लगानी गर्ने नीति लिइएको ,सहदस्यहरुलाई सहकारीको गतिविधिको बारेमा जागरुक गराउन सहकारी शिक्षा गोष्ठि , विचार गोष्ठि , अन्तर्क्रिया , सर्वेक्षण जस्ता क्रियाकलाप सञ्चालन गर्ने योजना बनिरहेको बताउनुभयो ।
सो संस्थाको १२औँ वार्षिक साधारणसभा सोही संस्थाका सञ्चालक समितिका अध्यक्ष बालमुकुन्द उपाधायको अध्यक्षतामा २०७६ पुस ५ गते मेरीगोल्ड ई. स्कूल , बालकोटमा सम्पन्न भएको थियो । त्यस साधारणसभामा सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै उक्त सभाका अध्यक्ष उपाध्यायले सहकारी अभियानबाट मुलुकको गरिवी न्यूनीकरण र समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्दै आएको छ भन्नुभयो । सदस्यहरुको सहभागितामुलक सक्रिय सहयोगका कारण हाम्रो यस संस्था आजको सवल र सुदृढ अवस्थामा आइपुगेको र भविष्यमा पनि सोही अनुसारको सहयोग प्राप्त हुने अपेक्षा गरिएको बताउनुभयो । सोही संस्थाका उपाध्यक्ष महेश्वर श्रेष्ठले स्वागत मन्तव्य र सञ्चालक सदस्य राजेन्द्र पराजुलीको सञ्चालनमा भएको सो सभामा उक्त संस्थाका सचिव सुमन सिलवालले प्रगति प्रतिवेदन , कोषाध्यक्ष दीपक सिलवालले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक भाइकाजी खत्रीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । सो साधारणसभाले पारित गरेको प्रतिवेदनहरुमा आर्थिक वर्ष २०७५/०७६ उक्त संस्थामा शेयर पूँजी रु.२,०७,६९,९०० , बचत संकलन रु.१६,९५,९९२७०/११ , ऋण लगानी रु.२०,३६,८६,०७१ भएकोमा कर्जा असली रु.५,१३,८२,७४२ भई बाँकी कर्जा लगानी रु.१५,२३,०४,३२९ र खुद बचत /नाफा रु.१०,००,६५६/०३ रहेको र आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आर्थिक वर्ष २०७५/०७६ मा शेयर पूँजी बृद्धि १७,७५ प्रतिशत , बचत संकलन बद्धि १४.९६ प्रतिशत र कर्जा लगानी बृद्धि १९.११ प्रतिशत बृद्धि भएको उल्लेख छ ।
त्यस सभामा सोही संस्थाका जेष्ठ शेयर सदस्य मिठु सिलवाल , उत्कृष्ट आवधिक बचतकर्ता सरिता कार्की , उत्कृष्ट दैनिक बचतकर्ता गणेशलाल श्रेष्ठ , उत्कृष्ठ नियमित बचतकर्ता प्रियंका दुवै , असल कारोवारकर्ता आशाराम तामाङ तथा उत्कृष्ठ वाल बचतकर्ता ग्रिष्णा कार्की र क्रितन लामिछानेलाई सम्मान गरिएको थियो ।
सो साधारणसभाले ४ वर्षे कार्यकालका लागि सोही संस्थाको यस अघि कार्यरत सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिलाई नै पुन: सर्वसम्मत चयन गरेको थियो ।
