श्री भृङ्गेश्वर महादेव साकोस , सुनाकोठीको कूल कारोवार रु.२६,७९,९२,१५७

0 Shares


ललितपुरको सुनाकोठीमा सञ्चालन भइरहेको श्री भृङ्गेश्वर महादेव बचत तथा ऋण सहकारी संस्था लि. ले सुनाकोठी क्षेत्रका महिला दिदी बहिनीहरुको पाठेघर जाँचका लागि महिला स्वास्थ्य शिविर सञ्चालनको तयारी गरिरहेको सोही संस्थाका सचिव रामचन्द्र महर्जनलेले सहकारी सञ्चालनलाई बताउनुभयो । उक्त संस्थाकी बजार व्यवस्थापक सविना महर्जनले
२०७६ माघ १४ गतेसम्म सो संस्थाको शेयर सदस्य संख्या १,७५० , शेयर पूँजी रु.२,७३,३८,७०० , कूल निक्षेप संकलन रु२०,८०,९९,९०३ , कर्जा लगानी रु.२२,५८,५८,०८९ र कूल कारोवार रु.२६,७९,९२,१५७ रहेको बताउनुभयो ।
उक्त संस्थाको ७औँ वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष हरिगोविन्द महर्जनको अध्यक्षतामा २०७६ पुस ५ गते लंको सुनाकोठी (सिद्धार्थ स्कुलको निर्माणाधीन भवन) मा सम्पन्न भएको थियो । सो साधारणसभाको सोही संस्थाका जेष्ठ सदस्य तथा सुनाकोठी क्षेत्रकै जेष्ठ नागरिक अर्जुन महर्जनले उद्घाटन गर्नु भएको थियो । त्यस सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै ललितपुर महानगरपालिकाका सहकारी शाखाका अधिकृत चिरञ्जीवी पौडेलले सहकारी संस्थाहरुले सहकारी सिद्धान्त , मूल्य र मान्यतालाई आत्मसाथ गरी आफ्ना सदस्यहरुको जीवनस्तर माथि उठाउने ढंगबाट आफ्ना गतिविधि सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले ललितपुर महानगरपालिकाले आफू अन्तर्गतका सहकारी संस्थाहरुको विकास र प्रवर्द्धनका लागि कार्य गरिरहेको बताउनुभयो । सोही सभामा सहकारी प्रशिक्षक तेजप्रसाद बजगाईले स्थानीय समुदायमा आधारित यस श्री भृङ्गेश्वर महादेव साकोसको प्रतिवेदनमा उल्लेखित सुचाङ्क हेर्दा यो संस्था राम्रोसँग अगाडि बढिरहेको देख्ता खुशी लागेको बताउनुभयो । सोही साधारणसभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै त्यसै सभाका अध्यक्ष हरिगोविन्द महर्जनले
राष्ट्र विकासको अभियानमा हामी सबै सम्लग्न हुदै योगदान गरौँ भन्ने विवेकका साथ हाम्रो यस श्री भृङ्गेश्वर महादेव बचत तथा ऋण सहकारी संस्था लि.को स्थापना भई आफ्ना शेयर सदस्यहरुको आर्थिक समस्याहरु समाधान गर्न हाम्रो यो संस्था सफल भएको तथा विभिन्न सहकारी संस्थाहरुले आफ्नो अस्तित्वको खोजी गरिरहेको अवस्थामा शेयर सदस्यहरुको यस सस्थाप्रतिको अटुट स्नेह र सक्रिय सहयोग तथा व्यवस्थापन टिमको गतिशीलताले आज हाम्रो यो संस्थाले सहकारी क्षेत्रमा छुट्टै पहिचान हुने सहकारी संस्थाको रुपमा उभिने जमर्को गरेको यथाथलाई यस सभामा राख्न पाउदा खुशी लागेको छ भन्नुभयो । त्यसै संस्थाका सञ्चालक सदस्य ज्ञानभक्त महर्जनले स्वागत मन्तव्य र बजार व्यवस्थापक सविना महर्जनले सञ्चालन गर्नु भएको सो सभामा सोही संस्थाका कोषाध्यक्ष सुरेन्द्र महर्जनले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक चिरीकाजी महर्जनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । त्यस साधारणसभाले पारित गरेको प्रतिलेदनमा आर्थिक वर्ष २०७५/०७६ मा पुरुष ७८१ र महिला ७३७ गरी जम्मा शेयर सदस्य संख्या १,५२३ , शेयर पूँजी रु.२,६२,५९,९०० , निक्षेप संकलन रु.२०,१९,३९,८४०/७३ र कर्जा लगानी रु.१९,१५,९२,५८६ रहेको उल्लेख छ ।
सो सभामा साविक सुनाकोठी गा.वि.स.भरीका सम्पूर्ण भजन मण्डल , दाफा खल: ,धिमे खल: लगायत सम्पूर्ण सांस्कृतिक बाजागाजा समूहहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी श्री भृङ्गारेश्वर महादेव सुधार तथा बृद्ध सेवा समितिलाई रु.२० हजार र मानव अधिकारका लागि महिला एकल महिला समूहलाई रु.१२ हजार सहयोग गरियो भने श्री वालकुमारी उ.मा.वि. सुनाकोठीका ७ जना गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको थियो , जून छात्रबृत्ति सो संस्था स्थापना भएदेखि निरन्तर प्रदान गरिरहेको उक्त संस्थाको भनाई छ ।
सो साधारणसभाले पुन: हरिगोविन्द महर्जनको अध्यक्षतामा सञ्चालक समिति निर्विरोध चयन गरेको थियो । ४ वर्षे कार्यकाल रहने उक्त सञ्चालक समितिको उपाध्यक्षमा विक्रम महर्जन , सचिवमा रामचन्द्र महर्जन , कोषाध्यक्षमा सुरेन्द्र महर्जन तथा सदस्यहरुमा सविता महर्जन , ज्ञानभक्त महर्जन र जीवन महर्जन रहनु भएको छ भने लेखा सुपरीवेक्षण समितिको संयोजकमा चिरीकाजी महर्जन एवं सदस्यमा श्यामकृष्ण महर्जन र श्याम महर्जन चयन हुनु भएको थियो ।

><img

Leave a Reply