छहारी साकोस , गाम्चाले ग-यो ऋण वीमा

0 Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका -४ , गाम्चा चोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको
छहारी बचत तथा ऋण सहकारी संस्था लि.ले हिजोबाट ऋण वीमा कार्यक्रम शुरुवात गरेको जनाएको छ। सो सस्थाका अध्यक्ष कृष्णहरि खड्का तथा सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लि. सुर्यबिनायक ,भक्तपुर शाखा प्रमुख प्रमिला प्रजापतीले सो कार्यक्रममा हिजो सम्झौतापत्र (MOU)मा हस्ताक्षर गर्नुभएको थियो ।
छहारी बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना ऋणी सदस्यहरूलाई वीमा कार्यक्रममा समेटेर सहुलियत दिने सो संस्थाका अध्यक्ष कृष्णहरि खड्काले बताउनुभयो । उहाँले यो कार्यक्रम अन्तर्गत कुनै पनि सदस्यले ऋण लिदा निजको वीमा गराइने बताउनुभयो । “कथम्कदाचित ऋणी सदस्यको मृत्यु भएमा निजको नामको ऋण मिनाहा गरिदिने र यसको लागि सदस्यको सानो योगदानबाट भबितब्य परी आएको खण्डमा ठूलो राहत मिल्दछ । प्रति लाख रू.५४० प्रिमियम बुझाउदा वार्षिक रुपमा रु. एक लाख जोखिम बहन गर्दछ” उहाँको भनाई छ ।

Leave a Reply