सहभाव साकोस ,बेंसीगाउँले ग-यो रक्तदान , दन्त शिवीर र जेष्ठ नागरिकहरुलाई सम्मान

0 Shares

काठमाडौंको गोकर्णेश्वर नगरपालिका -८ , बेंसीगाउँमा सञ्चालन भइरहेको सहभाव बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा २०७६ माघ ४ गते सोही संस्थाको कार्यालय परिसरमा ” सामाजिक कार्यमा सहभाव भन्ने नाराका साथ
बृहत रक्तदान कार्यक्रम , दन्त शिवीर र सहभाव जेष्ठ नागरिक सम्मान -२०७६ सम्पन्न भयो । सो रक्तदान कार्यक्रममा ५३ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको र रक्तदाताहरुलाई त्यसै कार्यक्रममा उक्त संस्थाका अध्यक्ष सञ्जय पोखरेलले प्रमाण-पत्र प्रदान गर्नु भएको
आयोजक संस्थाका व्यवस्थापक जगन्नाथ चालिसेले सहकारी सञ्जाललाई बताउनुभयो । त्यसै दिन सोही स्थानमा सो संस्थाले आयोजना र चन्दा डेण्टल क्लिनिक , बेंशीगाउँको
सहयोगमा सम्पन्न दन्त शिवीरमा १०२ जनाको दाँतको जाँच भएको उहाँको भनाई छ । यसैगरी उक्त दिन सोही स्थानमा त्यसै संस्थाको आयोजनामा ‘सहभाव जेष्ठ नागरिक सम्मान -२०७६’ सम्पन्न भएको थियो । सोही संस्थाका अध्यक्ष सञ्जय पोखरेलको अध्यक्षता , सो कार्यक्रम संयोजक सुरेश सुवेदीको संयोजन , सचिव श्याम श्रेष्ठको सञ्चालन र सञ्चालक सदस्य सुरेश अर्यालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा सो संस्थाका शेयर सदस्य समेत रहनु भएका ४० जना जेष्ठ नागरिकहरुलाई टेक्ने लट्टी प्रदान गरी सम्मान गरिएको थियो । त्यस अवसरमा सो संस्थाका अध्यक्ष सञ्जय पोखरेलले आफ्ना सदस्यहरुको आर्थिक , सामाजिक तथा सांस्कृतिक रुपमा जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्य गरिरहेको हाम्रो यस सहभाव बचत तथा ऋण सहकारी संस्था लि.ले समाजप्रति उत्तरदायी भई रक्तदान कार्यक्रम , दन्त शिवीर तथा सहभाव जेष्ठ नागरिक सम्मान -२०७६ आयोजना गरिएको बताउनुभयो ।
उहाँले समाजका गहना जेष्ठ नागरिकहरुलाई सम्मान गरी उहाँहररुका अमुल्य अनुभव र ज्ञानलाई आत्मसाथ गर्नु पर्नेमा जोड दिनुभयो ।

Leave a Reply