चन्द्रागिरि साकोसको अर्ध-वार्षिक समीक्षा गोष्ठि सम्पन्न

0 Shares

काठमाडौंको चन्द्रागिरि नगरपालिकाको थानकोट चेकपोष्टमा आफ्नै भवनबाट सञ्चालन भइरहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.को अर्धवार्षिक समीक्षा गोष्ठि २०७६ माघ १८ गते शनिवार सम्पन्न भयो ।

२०७६ पौष मसान्तसम्मको सो संस्थाको वित्तीय तथा अन्य गतिविधिहरुको समीक्षा र बाँकी ६ महिनाको कार्यदिशा तय गर्दै गोष्ठि सम्पन्न भएको उक्त संस्थाले जनाएको छ । स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको सो संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र व्यवस्थापनको सहभागीता रहेको उक्त गोष्ठिमा त्यस संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यसै अवसरमा मन्तव्य व्यक्त गर्दै सो संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले हाम्रो यो संस्था वित्तीय तथा अन्य गतिविधिहरुमा निरन्तर रुपमा सुदृढ हुँदै गइरहेको र आगामी दिनमा थप नयाँ योजनाहरुको साथमा अगाडि बढ्ने छ भन्नुभयो ।

Leave a Reply