किसान साकोस , गैंडाकोट सँग थप २ सहकारी संस्थाहरुको एकीकरण सम्पन्न , संस्थाको १४औँ सेवाकेन्द्र शुभारम्भ

0 Shares

नवलपुर जिल्लाको गैंडाकोट नगरपालिकाको गैंडाकोटमा मुख्य कार्यालय र विभिन्न स्थानमा सदस्य सेवाकेन्द्रहरु सञ्चालन गरिरहेको किसान बचत तथा ऋण सहकारी संस्था लि. सँग देवचुली नगरपालिका भित्र सञ्चालन भइरहेका कीर्तिपुर बचत तथा ऋण सहकारी संस्था लि. र देवज्योति कृषि सहकारी संस्था लि.को २०७६ माघ ११ गते एकीकरण सम्पन्न भएको खबर प्राप्त भएको छ । सोही अवसरमा देवचुली नगरपालिका-९ ,मा देवज्योति कृषि सहकारी संस्था लि. रहेको स्थानमा किसान बचत तथा ऋण सहकारी संस्था लि.को १४औँ सदस्य सेवाकेन्द्र शुभारम्भ गरियो ।
स्थापना भएको २४ वर्षको समयावधिमा २४ वटा

सहकारी संस्थाहरुलाई एकीकरण गरी नेपालको सहकारी अभियानमा बेग्लै इतिहास रचेको किसान बचत तथा ऋण सहकारी संस्था लि.को सम्पति रु.२ अरव र शेयर सदस्य संख्या ५३ हजार पुगेको तथा यस संस्थाले नवलपुर , चितवन र तनहुँसम्म आफ्नो सेवा विस्तार गर्न सफल भएको सो एकीकरण तथा सदस्य सेवाकेन्द्र शुभारम्भ समारोहमा किसान बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्रीहरि चालिसेले बताउनभयो । किसान बचत तथा ऋण सहकारी संस्था लि.सँग एकीकरण भएका देवज्योति कृषि सहकारी संस्था लि.का अध्यक्ष खगराज कँडेल र कीर्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष नौलासिंह सुनारीले यी ३ वटा सहकारी संस्थाहरु बीच एकीकरण हुनु सुखद भएको बताउदै यो संस्था देश कै सर्वोत्कृष्ट संस्थाहरु मध्येको एक संस्था बनेको छ भन्नुभयो ।
सो एकीकरण तथा सदस्य सेवाकेन्द्रको रिवन काटेर उद्घाटन गर्दै देवचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठले यी ३ संस्थाहरु वीच एकीकरण हुनु सुखद रहेको र एकीकरण भएसँगै किसान साकोस देश कै सर्वोत्कृष्ट साकोसहरु मध्येको एक संस्था बनेको देखिएको बताउनुभयो । उहाँले सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

Leave a Reply