विन्दवासिनी साकोस , न्युरोड , पोखराको कूल कारोवार रु.८,८७,३२,९७६/५४

0 Shares


पोखरा महानगरपालिका -९ , न्यूरोडमा रहेको विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष सुवर्णमान नकर्मीले राज्यले एकातिर सहकारी संस्था दर्ता गर्दै जाने अर्कोतिर सहकारी एकीकरण गर्ने विषय सहकारी ऐन / नियमावलीमा व्यवस्था गर्नुले सहकारी अभियानमा अन्यौलको अवस्था उत्पन्न भएकोले सहकारी ऐन , २०७४ संशोधन गरी यो अन्यौलता हटाउनु पर्ने बताउनुभएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्की सँग कुरा गर्दै उहाँले सहकारी संस्थाले सदस्यलाई चेक भुक्तानी गर्न १ दिन ढिलो गर्दा समस्या झेल्नु पर्ने तर ऋणी सदस्यले संस्थाबाट लिएको ऋण भाका नाघ्दा पनि नतिरेपछि संस्थाले बारम्बार सो ऋण तिर्न ताकेता गर्दा पनि नतिरेपछि उसको जायजेथा लिलाम गरी सो ऋण असुल गर्न खोज्दा त्यसलाई व्यक्तिलाई सुकुम्बासी बनाउन पाइदैन भनी सरकारी निकायले रोकिदिदा सहकारी संस्थाले समस्या भोग्नु परिरहेकोले त्यस बारेमा सरकारले स्पष्ट जवाफ दिनु पर्दछ र राज्यले उक्त खराव ऋण असुल गर्ने वातावरण बनाउनु जरुरी रहेको छ भन्नुभयो । हाम्रो यस विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७६/०७७ मा शेयर सदस्य र शेयर पूँजी बृद्धि गर्ने लक्ष्यका साथ कार्य सञ्चालन गरिरहेको उहाँको भनाई छ । उक्त संस्थाका प्रवन्धक सुनिल के.सी.ले २०७६ माघ १९ गतेसम्म सो संस्थामा चुक्ता पूँजी रु.१,३७,४७,९४८ , निक्षेप संकलन रु.५ करोड ३० लाख , शेयर सदस्य संख्या १९९ , लगानी रु.५,३३,७७,८०० , कूल कारोवार रु.८,८७,३२,९७६/५७ र कर्मचारी संख्या ९ जना रहेको बताउनुभयो ।

उक्त संस्थाको ८औँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन गण्डकी प्रदेशका प्रदेशसभासद मीना गुरुङको प्रमुख आतिथ्यतामा २०७६ पुस १९ गते ब्राउन आइज पार्टी प्यालेस , पोखरामा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष सुवर्णमान नकर्मीको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि गुरुङले सहकारी संस्थाहरु बचत र ऋण कारोवारमा मात्रै सिमित नरही उत्पादनमूलक कार्य गरी रोजगारी सिर्जाना गर्ने तर्फ लाग्नु पर्ने बताउनुभयो । उहाँले सहकारी संस्थहरुले महिला सशक्तिकरणमा जोड दिनु पर्ने बताउनुभयो । सहकारी संस्थाले आफ्ना सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने उहाँको भनाई थियो । विभिन्न क्षेत्रसँग सम्बद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको त्यसै साधारणसभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सोही सभाका अध्यक्ष सुवर्णमान नकर्मीले शेयर सदस्यहरुको सहभागिता तथा जुझारु युवा कर्मचारीहरुको योगदानका कारण हाम्रो यस विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लि.वित्तीय कारोवार , आयकर योगदान , मुनाफा आर्जन , रोजगारी प्रवर्द्धन र सामुदायिक गतिविधिया सम्लग्नताको आधारमा गण्डकी प्रदेशमा राम्रो सँग स्थापित हुन सफल भएको बताउनुभयो । सो संस्थाका उपाध्यक्ष पार्वती बराल कटुवालले स्वागत मन्तव्य र सचिव गंगाधर सुवेदीले सञ्चालन गर्नु भएको सोही सभामा उक्त संस्थाका सञ्चालक सदस्य कृष्णमान श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका का.वा. संयोजक भरत अधिकारीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । त्यस साधारणसभाले पारित गरेको प्रतिवेदनहरुमा आर्थिक वर्ष २०७५/०७६ मा उक्त संस्थामा शेयर पूँजी रु.१,१८,९४,५०० ,निक्षेप संकलन रु,४,७९,८५,३४२ , लगानी रु.५,२६,९७,७१६/४४ , स्थीर सम्पति रु.६४,४०,७१९/५२ , ऋण असुली रु.८७,०१,१५,२/२३ , खुद बचत रु.८,५५,३७७/०४ र कूल कारोवार रु.७,७८,१०,९७०/७८ रहेको उल्लेख छ ।
सोही सभामा उक्त संस्थाका जेष्ठ शेयर सदस्य दरिकुमारी गुरुङ्ग , उत्कृष्ट कारोवारकर्ता सन्तोषमान माकाजु र उत्कृष्ठ कर्मचारी सम्मान बजार प्रतिनिधि देवकुमारी कार्की क्षेत्रीलाई सम्मान गरिएको थियो ।
सो संस्थाको तेस्रो अधिवेशनबाट पुन: सुवर्णमान नकर्मीको अध्यक्षतामा सोही संस्थाको सञ्चालक समिति चयन भएको छ । ४ वर्षे कार्यकाल रहने उक्त समितिको उपाध्यक्षमा पार्बती बराल कटुवाल , सचिवमा गंगाधर सुवेदी , सह-सचिवमा ख्यामनाथ अधिकारी र कोषाध्यक्षमा विपना मल्ल तथा सञ्चालक सदस्यमा केशवराज भण्डारी , कृष्णमान श्रेष्ठ , अञ्जु अधिकारी र विनोदकुमार थकाली हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समितिको संयोजकमा सन्तोष रानाभाट एवं सदस्यमा बलभद्र नकर्मी र रामचन्द्र पौडेल चयन हुनुभएको छ ।

Leave a Reply