ललितपुर जिल्लामा सञ्चालनमा रहेका ४ वटा सहकारी संस्थाहरु वीच एकीकरणको घोषणा

ललितपुरको हरिसिद्धिमा रहेको आदिशक्ति कृषि बहुउद्देश्यीय सहकारी संस्था लि.,सातदोबाटोमा रहेको बहुउद्देश्यीय सहकारी संस्था लि., पूर्णचण्डी बचत तथा ऋण सहकारी संस्था लि., ललितपुर र कोसिस उपभोक्ता सहकारी संस्था लि., ललितपुर वीच हिजो एकीकरणको घोषणा भएको जानकारी प्राप्त भएको छ । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सञ्चालक सदस्य तथा बहुउद्देश्यीय सहकारी संघ लि. , ललितपुरका अध्यक्ष शरदकुमार महर्जनको विशेष पहल ती संस्थाहरु एकीकरण सम्भव भएको बताइएको छ । सो एकीकरण घोषणा-सभामा राष्ट्रिय सहकारी महासंघ लि., नेपालका सञ्चालक सदस्य राजेन्द्र पौडेल 
लगायतले बधाई ज्ञापन गर्नु भएको थियो ।
