काभ्रेपलाञ्चोक जिल्लाका ३ वटा सहकारी संस्थाहरु वीच एकीकरण घोषणा
२०७६ माघ १८ गते काभ्रेपलाञ्चोक जिल्लामा रहेका बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड , जनमैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड र चाँदनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एकीकरणको घोषणा गरेका छन् । बनेपामा रहेको बुडोल सामुदायिक बचत था ऋण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिकोत्सव समारोहमा उक्त घोषणा गरिएको थियो । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रामहरि के.सी. ले अध्यक्षता , सचिव प्रेमनाथ शर्मा कोइरालाले स्वागत मन्तव्य , लेखा सुपरीवेक्षण समिति संयोजक जयराम थापाले धन्यवाद ज्ञापन र कार्यकारी अधिकृत रामकृष्ण राय क्षेत्रीले सञ्चालन गर्नु भएको त्यस सभामा राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मीनराज कँडेल ,सोही महासंघका नि: बर्तमान अध्यक्ष केशवप्रसाद बडाल , राष्ट्रिय सहकारी बैंक लि. का अध्यक्ष के.बी. उप्रेती ,नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरु , बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उद्धव सापकोटा ,काभ्रपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का प्रमुख सल्लाहकार शम्भुलाल श्रेष्ठ र सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष प्रकाश बञ्जराले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
सो वार्षिकोत्सव समारोहमा राष्ट्रिय सहकारी महासंघ लि.का नि:वर्तमान अध्यक्ष केशवप्रसाद बडाललाई

बुडोल सामुदायिक सहकारी साधना-२०७६ बाट सम्मान गरिएको थियो भने आर्थिक वर्ष २०७५/०७६ मा संस्थाका उत्कृष्ठ कर्मचारी, उत्कृष्ट वाल बचतकर्ता, बचतकर्ता, ऋणी, शेयर खरिदकर्ता सदस्यहरू, उत्कृष्ट रक्तदाताहरूलाई सम्मानित गरिएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७५/०७६ को संरक्षित पूँजी फिर्ता कोषबाट अधिकतम रकम प्राप्त गर्ने सो संस्थाका २० जना शेयर सदस्यहरूलाई सम्मान गरिएको थियो ।
सोही समारोहमा सो संस्थाले बचत र ऋणमा येगदान गर्ने आफ्ना १४,५८४ सदस्यहरूलाइ ४/४ प्रतिशतका दरले कूल रू ६९ लाख ६ हजार ३५ रूपैयाँ संरक्षित पूँजी फिर्ता कोषबाट रकम वितरण गरियो ।
सोही वार्षिकोत्सवको अवसरमा बुबोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा स्वास्थ्य शिवीर सञ्चालन भएको थियो । बनेपा हेल्थ केयर प्रा.लि.को प्राविधिक सहयोगमा सम्पन्न त्यस शिवीरमा नि:शुल्क सुगर तथा ब्लडप्रेसरको जाँच गरिएको थियो ।
त्यस अवसरमा राष्ट्रिय सहकारी महासंघ लि.र नेफ्स्कूनका नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सञ्चालक सदस्यहरुलाई बधाई ज्ञापन गरिएको थियो ।
