नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.द्वारा २ दिने कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक तालिम सम्पन्न
नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी सघं लि.द्वारा २०७६ माघ २० र २१ गते ललितपुरको कुसुन्तीमा रहेको आफ्नै कार्यलयको तालिम हलमा “कार्यालय सञ्चालन तथा व्यवस्थापन” विषयक २ दिने तालिम ( Capacity Building Training on Effective Office and Self Management Skills) सम्पन्न भयो । 
उक्त तालिममा “नेपाल व्यवस्थापन परिषदका अध्यक्ष डा.जनकराज शाहले कार्य-पत्र प्रस्तुत गर्नु भएको थियो । सो तालिममा कैलाली,रुपन्देही, तनहुँ, काठमाण्डौं, ललितपुर तथा भक्तपुरका सदस्य संघ/संस्थाहरुका प्रतिनिधिहरुले सहभागिता जनाउनु भएको बताइएको छ ।

