सप्तरङ्गी साकोस , टौखेलले मानव सेवा आश्रमका अनाथ र असाह्यलाई बृद्धबृद्धाहरुलाई गरायो भोजन

0 Shares

सप्तरंङ्गी बचत तथा ऋण सहकारी सस्था लि.,
टौखेल ,ललितपुरले २०७६ माघ १८ गते ललितपुरको हात्तिवनमा अवस्थित मानव सेवा आश्रममा रहनु भएका विभिन्न कारणले घरवार विहिन रहनु भएका ५८ जना मनोरोगी, अनाथ, असाहाय एव अशक्त बृद्धबृद्धाहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सो सस्थाका अध्यक्ष सुनन्द घिमिरेले पानसमा दियो बालेर समुदघाटन गर्नुभएको थियो ।

कार्यक्रममा मानव सेवा आश्रमका संयोजक रश्मी आचार्यले मानव सेवाआश्रमको बारेमा अवगत गराउनु हुदै सप्तरगीं बचत तथा ऋण सहकारी लि.लाई धन्यवाद व्यक्त गर्नुभयो । सडकपेटीमा वेवारीसे अवस्थामा भेटिएका मनोरोगबाट ग्रस्त मानवलाई उद्धार गरी आश्रमले आश्रय दिदै आएको छ । मनकारी दाताहरुको मासिकदान, इच्छाकटौटी दान, मुठ्ठीदान, जन्मदिन, विवाहउत्सव जस्ता अवसरमा दिइएको दान सहयोगवाट हाल आश्रम सञचालन हुदै आएको बताइएको छ । सप्तरगीं बचत तथा ऋण सहकारी सस्था लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तै विभिन्न सामाजिक सेवाका कार्यक्रमहरु गर्दै आईरहको छ ।

Leave a Reply