चन्द्रागिरि साकोस , थानकोट -चेकपोष्टद्वारा अन्तर्क्रियात्मक सदस्य शिक्षा कार्यक्रम सम्पन्न

0 Shares

स्थानीय समुदायमा आधारित रहेर आफ्नै भवनमा मुख्य कार्यालय तथा दहचोकमा सदस्य सेवा केन्द्र सञ्चालन गरी नमुना साकोस बन्न सफल काठमाडौंको चन्द्रागिरी नगरपालिकाको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्ने क्रममा आज अन्तर्क्रियात्मक सदस्य शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । सोही संस्थाका सञ्चालक सदस्य शरद कुँवरले प्रस्तुतीकरण र सहायक शाखा अधिकृत गंगा श्रेष्ठले
सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा ४२ जना सदस्यहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा चन्द्रागिरि साकोसको गतिविधि, वस्तु तथा सेवा र क्रियाकलापहरुको बारेमा सदस्यहरु सँग अन्तर्क्रिया गरिएको थियो ।

Leave a Reply