मर्स्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्था लि. ले ग्रामीण विद्युतीकरण , कृषि फार्म र महिला उद्यमशील कार्यक्रम सञ्चालन गर्दै आएको छ

0 Shares

-कुमार श्रेष्ठ , प्रवन्धक , मर्स्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्था लि.,मुग्लिन बजार , चितवन

चितवन जिल्लाको इच्छाकामना गाउँपालिका-५ , मुग्लिन बजारमा रहेको मर्स्याङ्गादी बहुउद्देश्यीय सहकारी संस्था लि. ले बचत र ऋण कारोवार सँगै विभिन्न बहुउद्देश्यीय कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । चितवन र गोरखा जिल्लामा कार्यक्षेत्र रहेको सो संस्थाका प्रवन्धक कुमार श्रेष्ठ सँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले छोटो कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।
१. यतिबेला यस मर्स्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्था लि.के गर्दैछ ?
~ हाम्रो यस मर्स्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्था लि.ले बचत र ऋण कारोवार गरिरहेको छ । यस सँगै यसले विजुली नपुगेका चितवन जिल्लाको इच्छाकामना गाउँपालिका र गोरखा जिल्लाको लखन थापा गाउँपालिका-१ ,ठेउवाटारमा विद्युतीकरण र वितरण गर्ने कार्य गर्दै आएको छ । यसले चितवन जिल्लाको इच्छाकामना गाउँपालिका -४ , डाँडावारीमा कृषि फार्म सञ्चालन गरिरहेको छ । यसका साथै यसले आफ्ना शेयर सदस्यहरुलाई रेमिट्यान्स सेवा प्रदान गरिरहेको छ भने एसियाली विकास बैंक (ADB) को सहयोगमा महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत महिला उद्यमशील कार्यक्रम सञ्चालन गरिरहेको छ ।

२. यो संस्थाले कृषि फार्म कसरी सञ्चालन गरिरहनु भा’छ नि ?
~ हाम्रो यस संस्थाले रु.७० लाख जतिमा खरीद गरेको ३ विगाहा जमिनमा ३० वटा पाडा पालन , १६० वटा बोयर र खरी जातका बाख्रा पालन र स्थानीय जातका कुखुरा पालन गरिरहेको छ ।

३. यस संस्थाले यो फार्म सञ्चालन गरी रहँदा तपाईहरुले भोगेका समस्या र उपलब्धी केही छन् कि ?
~ पानी , घाँस र दक्ष जनशक्ति अभाव छ । यसका बाबजुद पनि हाम्रो फार्म राम्रो सँग सञ्चालन भइरहेको छ । यो फार्म आसपासका स्थानीय कृषकहरुले यो फार्मलाई हेरेर कृषि फार्महरुको विकास गरिरहनु भा’को छ ।

४. यो संस्थाले ग्रामीण विद्युतीकरण चाहिँ कसरी गरिरा’छ नि ?
~ सामुदायिक ग्रामीण विद्युत विभाग सँग समन्वय गरी हाम्रो यस संस्थाले विकट गाउँ-गाउँमा विद्युतीकरण कार्य गरिरहेको छ । यसका लागि चितवन क्षेत्र नं.२ का सांसद कृष्णभक्त पोखरेलबाट सांसद विकास कोष , बागमती प्रदेशका प्रदेशसभासद घनश्याम अविरल दाहालबाट बागमती प्रदेश सभासद विकास कोषबाट र इच्छाकामना गाउँपालिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । यस संस्थाले १०/९० कार्यक्रम अन्तर्गत यस क्षेत्रका धेरै बस्तीहरुमा विद्युतीकरण गरिरहेको छ ।

५. यो संस्थाको भावी कार्यक्रम के छ नि ?
~ हाम्रो यस संस्थाको भावी कार्यक्रमको उन्नत किसिमको कृषि फार्मको विकास गर्ने , यस क्षेत्रमा प्रोत्साहन सहितको आयमुलक कार्यक्रमहरुमा शेयर सदस्यहरुलाई कर्जा लगानी गर्ने , नेपाल सरकारको उर्जा कार्यक्रम अन्तर्गत विभिन्न वर्गहरुमा राष्ट्रिय उपभोक्ता महासंघ कार्यक्रम अन्तर्गत इन्डक्सन चुलो अनुदानमा वितरण गर्ने कार्यक्रम रहेको छ । विद्युतलाई प्रभावकारी बनाउन इच्छाकामना गाउँपालिका भित्र सव-स्टेशन स्थापना गर्ने कार्यक्रम अगाडि बढाउने योजना छ ।

६. कोपोमिसबारे तपाईको भनाई के छ ?
~ कोपोमिसको प्रभावकारी कार्यान्वयनका लागि सहकारी विभाग लगायतका सम्बन्धित सरकारी निकायले तालिमहरुको व्यवस्था गर्नु पर्दछ । यसका साथै कोपोमिसलाई प्रभावकारी र भरपर्दो बनाउन सहकारी विभागले कोपोमिस निर्माण गर्ने सफ्ट्वेयर कम्पनी सँग समन्वय गरी यसलाई व्यवस्थित गर्नु जरुरी छ । संस्थाले आफ्नो प्रतिवेदन सजिलै र कोपोमिस मार्फत राज्यको नियामक निकायमा तुरुन्त ट्रान्सफर गर्न सक्ने व्यवस्था होस् ।

७. सहकारी ऐन , २०७४ संशोधन हुने क्रममा छ भनिदै छ । यसभारे तपाईको धारणा के छ ?
~ सहकारी ऐन ,२०७४ संशोधन गरी बहुउद्देश्यीय सहित विषयगत सहकारी संस्थाका लागि व्यवस्था गरिएको ३०/७० प्रावधान हटाइयोस् ।

Leave a Reply