बचत र ऋण कारोवार सँगै अचार उत्पादन गर्दै डाँडाकालिका साकोस , गैंडाकोट

0 Shares


सुस्ता-बर्दघाट पूर्व नवलपरासीको गैंडाकोट नगरपालिका-२ , मा रहेको डाँडाकालिका बचत तथा ऋण सहकारी संस्था लि.ले बचत तथा ऋण कारोवार सँगै अचार उत्पादन तथा विक्री शुरु गरेको जनाएको छ । सहकारी सञ्जाल सँग कुरा गर्दै सो संस्थाकी सचिव राधा थापाले रु.२० हजार जति पूँजीबाट हाम्रो यस डाँडाकालिका बचत तथा ऋण सहकारी संस्था लि.ले आचार उत्पादन शुरु गरेको र सो अचार प्रति-बोतल रु.१८० सम्ममा विक्री गर्ने गरिएको बताउनुभयो । गैंडाकोट नगरपालिका भित्र कार्यक्षेत्र रहेको उक्त संस्थाले गत असोजबाट उत्पादन शुरु गरेको अचारबाट यस संस्थालाई राम्रो आम्दानी भइरहेको छ र यस संस्थाले अचार उत्पादन व्यवसायिक ढंगले राम्रो सँग आफ्नै ब्राण्डबाट गर्ने नीति लिएको उहाँको भनाई छ । उहाँले “स्व-रोजगार बनाउने उद्देश्यले हाम्रो यस संस्थाले २०७६ असार र असोजमा आफ्ना शेयर सदस्यहरुलाई अचार उत्पादन गर्ने तालिम सञ्चालन गरेको र सो तालिममा सहभागी शेयर सदस्यहरु अचार उत्पादनमा लागेर स्व-रोजगार बनिरहनु भा’छ” भन्नुभयो । आफ्ना शेयर सदस्यहरुलाई स्व-रोजगार बनाउन सहयोग गर्ने उद्देश्यका साथ यस संस्थाको अचार सँगै धुप बनाउने , सावुन बनाउने जस्ता तालिमहरु सञ्चालन गर्ने योजना रहेको उहाँ बताउनुहुन्छ ।
धौलागिरी समूह हुँदै अगाडि बढेको यो संस्था ९औँ वर्षमा प्रवेश गरेको छ । २०७६ कार्तिक २ गते आफ्नो ९औँ वार्षिक साधारणसभा सम्पन्न गरेको उक्त संस्थामा हाल भुमा थापा पुन -अध्यक्ष , शिवबहादुर पुन-उपाध्यक्ष , राधा थापा-सचिव , श्रीमाया थापा-कोषाध्यक्ष तथा राधिका कार्की , रामप्रसाद थापा ,लिलाकुमारी सारु,संगीता रानभाट , दिलकुमारी पुलामी ,श्याममाया बकावल र कविता आले सदस्य रहेको सञ्चालक समिति र इन्द्रबहादुर थापा-संयोजक एवं केशरबहादुर दर्लामी र झुमाकुमारी पुन मगर सदस्य रहेको लेखा सुपरीवेक्षण समिति क्रियाशील रहनुका साथै त्यस संस्थामा लेखापाल वशन्ती थापा , बजार प्रतिनिधि आशा सिञ्जाली र रेनुका थापा कर्मचारीको रुपमा कार्यरत हुनुहुन्छ ।
उक्त संस्थाकी लेखापाल वशन्ती थापाले २०७६ माघ २२ गतेसम्म सो संस्थामा शेयर सदस्य संख्या १,४७५ , शेयर पूँजी रु.५० लाख२५ हजार ३ सय , निक्षेप संकलन रु.१ करोड ५० लाख ४३ हजार ५ सय २७ , कर्जा लगानी रु.२ करोड ४६ लाख ४६ हजार ६ सय ५० र कूल कारोवार रु.२ करोड ७४ लाख ८० हजार ८ सय ५१ रहेको बताउनुभयो ।

Leave a Reply