दक्षिण बाराही महिला साकोस , दधिकोट , भक्तपुरको तीर्थ भ्रमण सम्पन्न

0 Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका -४, दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा यही माग २४ गते रामेछापको खाँडादेवी र कुशेश्वर महादेव मन्दिरमा तीर्थ भ्रमण कार्यक्रम सम्पन्न भएको छ । त्यसै संस्थाको वार्षिक तीर्थ भ्रमण कार्यक्रम अन्तर्गत उक्त संस्थाकी सञ्चालक सदस्य रीता के.सी.को संयोजकत्वमा ६० जना सदस्यहरूलाई रामेछापको खाँडा देवी र कुशेश्वर महादेव मन्दिर दर्शनको लागि लगेको सो संस्थाकी व्यवस्थापक दीपा क्षेत्रीले सहकारी सञ्जाललाई बताउनुभयो । सबै सदस्यहरू नयाँ ठाउँ तथा प्रसिद्ध मन्दिर जान पाउँदा साह्रै खुसी हुनुभएको र आगामी दिनमा पनि यस्तै यात्राको आशा गर्दै आयोजकलाई उहाँहरुले धन्यवाद दिनुभएको उहाँको भनाई छ ।
२०७६ पुस २९ गतेसम्म उक्त संस्थामा शेयर सदस्य संख्या ९०२ , शेयर पूँजी रु.१ करोड ६ लाख ७३ हजार , बचत संकलन रु.४ करोड ३४ लाख ६३ हजार ५ सय १८ र कर्जा लगानी रु.५ करोड ३२ लाख ६३ हजार ४ सय २१ रहेको छ ।

Leave a Reply