आर्थिक वर्ष २०७६/०७७ भित्र हल गर्ने गरी सहकारी विभागले कोपोमिसको अपडेट , मेन्टिनेन्स र अपग्रेड कार्य अगाडि बढाएको छ

0 Shares

१२० वटा सहकारी संस्थाहरु तथा राष्ट्रिय सहकारी बैंक लि. सहित २१ वटा संघहरुको प्रत्यक्ष नियमन र ५० करोडभन्दा माथि कारोवार रहेको सहकारी संस्थाहरुको अनुगमन गर्ने जिम्मेवारी बोकेको सहकारी विभागका , सहकारी सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) का कम्युटर इञ्जिनियर अमोद पुडासैनीले सहकारी विभागले आर्थिक वर्ष २०७६/०७७ मा कोपोमिस सिष्टमको प्राविधिक समस्या हल गर्न यसको अपडेट , मेन्टिनेन्स र अपग्रेड गरिरहेको सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीलाई बताउनुभयो । उहाँले व्यक्त गर्नु भएको भनाई यस प्रकार छ ।

१. कोपोमिस सिष्टमले सहकारीको दैनिक कारोवार तथ्याङ्क नहेर्ने भएकोले यसमा सो विवरण प्रविष्टी गर्नु पर्दैन ।

२. कोपोमिस सिष्टममा भएका सहकारीका प्रारम्भिक विवरण तत्कालीन डिभिजन सहकारी कार्यालय र सहकारी विभागका कम्युटर अपरेटरहरुले प्रविष्टी (इन्ट्री) गरी सक्नु भएको छ । यसरी प्रविष्ट भए पश्चात कोपोमिस सिष्टममा सहकारीको प्रारम्भिक विवरण (नाम , ठेणाना , सम्पर्क नम्बर लगायत) प्रविष्ट गर्ने कार्य सकिई छुटपुट भएका सहकारी संस्थाहरुको विवरण प्रविष्टी गर्ने कार्य भइरहेको छ ।

३. सहकारी विभागले तत्कालीन डिभिजन कार्यालयहरुले बाँडेका पोकाहरु : जस्तै कोपोमिस सिष्टमबाट समेत फाइलहरु सम्बन्धित प्रदेश तथा स्थानीय तहमा डिजिटल्ली फाइल हस्तान्तरग गरेको छ ।
४. सहकारी विभागले सबै प्रदेश र पालिकाहरुलाई कोपोमिस सिष्टम चलाउनको निम्ति युजर नेम र पासवर्ड उपलब्ध गराउदै आएको छ । जानकारी नपुगेका प्रदेश र स्थानीय तहले सिधै सहकारी विभागमा इमेल या पत्राचार गरी कोपोमिसको युजर नेम र पासवर्ड प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

५. कोपोमिस सिष्टमको युजर नेम र पासवर्ड प्राप्त गरी सकेपछि प्रदेश र स्थानीय तहले आफू मातहतका सहकारीलाई कोपोमिस सिष्टम चलाउनको निम्ति युजर नेम र पासवर्ड उपलब्ध गराउन सक्नुहुनेछ ।

६. सहकारी संस्थाले युजर नेम र पासवर्ड प्राप्त गर्न उक्त संस्थाको आधिकारिक इमेल ठेगना भए / नभएको रुजु गरी संस्थाको आधिकारिक इमेल ठेगानामा युजर नेम र पासवर्ड प्राप्त गर्नु/गराउनु पर्दछ ।

७. सहकारी संस्थाले कोपोमिस सिष्टममा प्रविष्ट गर्नु निम्न विषयहरु छन् ।
क. शेयर सदस्यको विवरण ,
ख. मासिक रुपमा बुझाउने सन्तुलित परीक्षण (ट्रायल ब्यालेन्स) ,
ग. साधारणसभा सम्बन्धी विवरण (वर्षको १ पटक) ,
घ. निर्वाचन सम्बन्धी विवरण (निर्वाचन सम्पन्न भएको ४/४ वर्षमा भर्नु पर्ने) र
ङ. सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यले लिएको ऋणको विवरण

८. कोपोमिस सिष्टम सम्बन्धी बिभिन्न तालिम , गोष्ठि तथा सेमिनारहरु जस्ता कार्यक्रम सहकारी विभाग , सहकारी प्रशिक्षण केन्द्र , विभिन्न प्रदेश सरकार र पालिकाहरुले गर्दै आएका छन् ।

९. सफ्टवेयर सिष्टमलाई समय सापेक्ष बनाउन नियमित रुपमा अपडेट गरी राख्नु पर्ने भएकोले कोपोमिस सिष्टममा भएका केही सिष्टम सँगै सम्बन्धित प्राविधिक समस्याहरुलाई हल गर्न कोपोमिस सिष्टमको सहकारी विभागले अपडेट , मेन्टीनेन्स , र अपग्रेड कार्य अगाडि बढाएको छ । आर्थिक वर्ष २०७६ /०७७ भरीमा हालसम्म देखिएका उच्च स्तरका (टप लेभलका) समस्या पहिल्याई तिनको हल गर्ने योजना अनुसार कार्य अगाडि बढिरहेको छ ।

Leave a Reply