सञ्चित साकोस , भुलाँचाले ग-यो भवन निर्माण सिलन्यास

0 Shares

भक्तपुर नगरपालिका-४,भुलाँचामा रहेको संचित बचत तथा ऋण सहकारी संस्था लि.ले हिजो भवन निर्माण सिलन्यास गरेको छ । इतिहासविद प्रा.डा.पुरुषोत्तम लोचन श्रेष्ठ , भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजु , संचित बचत तथा ऋण सहकारी संस्था लि.का सल्लाहकार विनोद चरण रायले सो भवन निर्माणको संयुक्त रूपमा सिलन्यास गर्नु भएको थियो । सो अवसरमा सोही संस्थाका अध्यक्ष योगेन्द्रबहादुर खर्बुजा ,राष्ट्रिय सहकारी बैंक लि.का भक्तपुर शाखाका प्रवन्धक विनोद गेलाल र सोही भवन निर्माण संयोजक न्यूटनप्रसाद सुवाल र उक्त संस्थाका प्रवन्धक लक्ष्मीप्रसाद बाखाधौको उपस्थिति रहेको थियो । त्यस अवसरमा उक्त संस्थाका शेयर सदस्यहरु लगायतको उललेख्य सहभागिता रहेको थियो ।

Leave a Reply