आर्थिक विकास मित्र साकोस , बनेपाको आयोजनामा आज बक्तृत्वकला कार्यक्रम सम्पन्न

0 Shares

काभ्रेपलाञ्चोकको पाँचखालमा रहेको आर्थिक बिकास मित्र बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सो सस्थाको कार्य क्षेत्र भित्रका माध्यमिक बिद्यालयहरु बीच अन्तर-बिद्यालय स्तरीय बक्त्तृत्वकला प्रतियोगिता आज सम्पन्न भयो ।

सो सस्थाका शिक्षा उप-समिति संयोजक बाबुकाजी पराजुलीको अध्यक्षता तथा पाँचखाल नगरपालिकाका सहकारी विभागका प्रमुख पुष्कर ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा त्यस संस्थाको कार्यक्षेत्र भित्रका १७ वटा बिद्यालयहरुबाट २८ जना प्रतियोगीहरुहरुले भाग लिएका थिए । सो प्रतियोगितामा श्री चण्डेणी मा. वि.- प्रथम,श्री गणेश मा. वि.- द्वितीय ,श्री जोरपाटी मा. वि.- तृतीय र इन्द्रेणी विद्यामन्दिर- सान्त्वना भएका थिए । प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको थियो ।

Leave a Reply