पद्मावती साकोस ,न:बहाल , ललितपुरले ग-यो व्यवसायिक सुरक्षा सम्बन्धी अन्तर्क्रिया

0 Shares

ललितपुरको न:बहालमा रहेको पद्मावती बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा हिजो आफ्नै कार्यालय भवनको सभाहलमा व्यवसायिक सुरक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष नेमवीर शाक्यको अध्यक्षता र प्रवन्धक उत्तमराज बज्राचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा बोल्दै महानगरीय प्रहरी प्रभाग पुल्चोक , ललितपुरकी प्रहरी निरीक्षक पूर्णिमा चन्दले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी र स्थानीय समुदाय वीच हातेमालो गर्नु पर्ने आवश्यकता औल्याउदै नेपाल प्रहरी समाजमा शान्ति सुरक्षा कायम गर्न अहोरात्र खटिरहेको बताउनुभयो । सो कार्यक्रमको अध्यक्षता गरिरहनु भएका
आयोजक पद्यावती बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष नेमवीर शाक्यले सो संस्थाको वित्तीय अवस्था र उसले सामाजिक क्षेत्रमा पु-याइरहेको योगदानको चर्चा गर्दै हाम्रो यस पद्मावती बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो नीति नियम भित्र रहेर नियमित बचत तथा ऋण कारोवार गरिरहेका सदस्य दिवंगत भएमा उनको परिवारलाई राहत स्वरुप रु.१ लाख सहयोग र रु.१० हजार काजक्रिया खर्च प्रदान गर्ने नयाँ योजना अगाडि बढाएको बताउनुभयो । उहाँले रु.५० हजार भन्दा माथि बचत गरेका र संस्थाको नीति नियम भित्र रहेर नियमित कारोवार गर्ने शेयर सदस्यहरुको रु.१ लाख बराबरको ज्योति लाइफ इन्सुरेन्स कम्पनी लि.सँग सहकार्य गरी वीमा गर्ने यस संस्थाको नीति रहेको बताउनुभयो । त्यस अवसरमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.की उपाध्यक्ष तथा सोही संस्थाकी प्रशासन उप-समिति सदस्य लक्ष्मी शाक्यले सो संस्थाको अवस्था , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को गतिविधि र ज्योति लाइफ इन्सुरेन्स क.लि. को वीमा योजना बारे बताउनु भएको थियो । त्यस कार्यक्रममा ज्योति लाइफ इन्सुरेन्स क.लि.का रिजनल म्यानेजर उमेश मैनालीले उक्त कम्पनिको वीमा योजनाबारे जानकारी दिनु भएको थियो ।
त्यसैगरी उक्त संस्थाको आयोजनामा यही फागुन १ गते सोही संस्थाको कार्यालय परिसरमा नयाँ मुद्धती बचतकर्ताहरुलाई सम्मान तथा धार्मिक प्रवचन गरेको जनाएको छ । त्यस अवसरमा ४४ जना नयाँ मुद्धती बचतकर्ताहरुलाई सम्मान गरिएको थियो । उक्त अवसरमा अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र शंखमुलका निर्देशक तथा धम्बाचार्य अग्गाञाणीले धार्मिक प्रवचन दिनु भएको जनाइएको छ ।

Leave a Reply